बिहीबार पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा झर्यो?
काठमाडौं : साताको पाँचौं दिन बिहीबार पनि सुनचाँदीको मूल्य घटेको छ।
बुधबार घटेको सुनको मूल्य बिहीबार पनि प्रतितोला पाँच सय र चाँदीमा पाँच रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अुनसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार रूपैयाँ कायम भएको छ। तेजाबी सुन भने १ लाख ५ सय रूपैयाँमा कारोबार हुनेछ।
चाँदीको मूल्य पनि बुधबारको तुलनामा बिहीबार तोलामा ५ रूपैयाँले कमी आई १ हजार २ सय ५० रूपैयाँमा कारोबार हुने महासंघले जनाएको छ।
यसअघि बुधबार सुनको मूल्य १५ सय रूपैयाँले घट्दा चाँदीमा ४० रूपैयाँले कमी आएको थियो।
फागुन २५, २०७९ बिहीबार १०:४३:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।