गायक राजेश पायलले विवाह दर्ता गरे तर सार्वजनिक रूपमा अझै स्विकारेनन्

गायक राजेश पायलले विवाह दर्ता गरे तर सार्वजनिक रूपमा अझै स्विकारेनन्

काठमाडौँ :  सुटुक्क बाउ बनेका गायक राजेश पायल राईले प्रेमिका साङबुङ राईसँग विवाह दर्ता गरेका छन्।

सार्वजनिक रूपमा विवाह स्वीकार नगरेका उनले  गत मङ्सिर २६ गते काठमाडौँ महानगरपालिका-३१ को वडा कार्यालयमा विवाह दर्ता गरेका छन्।

उनीहरूको विवाह दर्ता विवरणमा  सामाजिक परम्पराअनुसार गत भदौ १ गते विवाह गरेको उल्लेख गरेका छन्।

फ्यानसँग लामो समय सम्बन्धमा रहेका उनीहरूको सन्तान पाएको तस्बिर सार्वजनिक भएको थियो।

विवाह दर्ताअनुसार राजेश पायलको उमेर ४७ वर्षको छ भने  प्रेमिका सङबुङको उमेर राजेश पायलभन्दा आधा छ।

सन्तान जन्मिएपछि उनको प्रेमिकाले टिकटकमा राईले बच्चा बोकेको तस्बिर राखेकी थिइन्।

राजेश पायलले अहिलेसम्म सार्वजनिक रूपमा श्रीमती र सन्तानको तस्बिर सार्वजनिक गरेका छैनन्। 

फागुन २५, २०७९ बिहीबार ०१:३२:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।