मल्टिप्लेक्सको प्रिय अनमोलको फिल्म एक सातामै उत्रियो, सुपर फ्लप भयो छड्के-२

मल्टिप्लेक्सको प्रिय अनमोलको फिल्म एक सातामै उत्रियो, सुपर फ्लप भयो छड्के-२

काठमाडौँ : फिल्म चलाउनका लागि अनमोल केसीकै नाम काफी हुने तथ्य इतिहास बनायो छड्के २ ले।

रिलिज भएको दिनदेखिकै व्यापार ओरालो लागेको थियो। मल्टिप्लेसको प्रिय कलाकार अनमोललाई धान्न सकेन।

छैटौँ दिनमै मल्टिप्लेक्सबाट फिल्म उत्रियो छड्के २। फिल्म रिलिज भएकै दिनबाट दर्शकबाट नकारात्मक प्रतिक्रिया आएको थियो।समीक्षकहरूले पनि फिल्म रुचाएनन्। रुचाउने हैसियतको पनि थिएन फिल्म।

माउथ पब्लिसिटी फिल्म चल्ने कि डुबाउने मुख्य माध्यम बन्छ। यो फिल्म डुबाउनुमा समीक्षकको मात्र भूमिका रहेन माउथ पब्लिसिटी पनि उत्तिकै रह्यो। 

होस्टेलबाहेक कमजोर फिल्ममा अभिनय गरे पनि उनको स्टारडमले व्यापार धान्यो।

तर  यस पटक उनका फ्यानले पनि फिल्म धान्न सकेनन्। जिस्कँदै खिचेको फुटेजको जोडजाड जस्तो फिल्म बनाएपछि धानुन् पनि कसरी। जसको नतिजा मल्टिप्लेक्समा एक साता पनि टिकेन फिल्म।

फागुन २४, २०७९ बुधबार २३:२३:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।