उकेरा टप फाइभ : राष्ट्रपति निर्वाचनमा राप्रपा तटस्थ रहनेदेखि रोजी महर्जन हत्या घटनाको अन्तिम अङ्कसम्म

उकेरा टप फाइभ : राष्ट्रपति निर्वाचनमा राप्रपा तटस्थ रहनेदेखि रोजी महर्जन हत्या घटनाको अन्तिम अङ्कसम्म

काठमाडौं : आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बिहीबार हुने राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ।

राष्ट्रपतिका दुवै उम्मेदवार संविधानको भावना अनुरूप निष्पक्ष हुन नसक्ने सम्भावना देखेपछि कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका थिए।

उता भोलि हुने राष्ट्रपति निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। राष्ट्रपति चयनका लागि भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ भने बेलुका ७ बजेसम्ममा निर्वाचनको परिणाम पनि आइसक्ने बताइएको छ।

राष्ट्रपतिका लागि आठ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले उम्मेदवारी दिएका छन्। गठबन्धन बाहिर रहेको एमालेले भने सुवास चन्द्र नेम्वाङलाई अघि सारेको छ।

आजका टप फाइभ

चौथो अंग : रिपोर्टरहरू सिक्नै नचाहने भए, सम्पादकहरू भोलिको बाटाे बनाउन लागे

उकेराले आजको दिनको सुरुवात नियमित कोलम ‘चोथौ अंग’ बाट गरेको थियो।

जसमा नागरिक दैनिकमा आबद्ध पत्रकार बालकृष्ण अधिकारीले हालको पत्रकारिता कमरेड र दाइमा बढि निर्भर रहेको बारेको अनुभव साटेका थिए।

‘प्रतापसिंह शाहको यौनकाण्डको बखान गर्ने समाज राजेन्द्रलक्ष्मीको बहादुरी उल्लेख गर्न डराउँछ’

आज अन्तर्राष्ट्रिय नारी दिवसको दिनमा उकेराले इतिहासका पानामा रहेका महिला पात्र खोजी गरेको थियो। जसमा राजेन्द्रलक्ष्मीको बहादुरीको कथा प्रकाशित भएको थियो।

राप्रपाले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने, लिङ्देन भन्छन् : दुवै उम्मेदवार संविधानप्रति निष्पक्ष छैनन्

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनका अनुसार राष्ट्रपतिको निर्वाचनमा सहभागी हुने/नहुने, मतदान गर्ने/नगर्ने भन्ने विषयमा लामो छलफल गरेर अन्ततः सर्वसम्मत ढंगले यो निर्वाचनको मतदानमा सहभागी नहुने निर्णय गरिएको हो।

घरेलु मैदान भएकाले हामीलाई सहज छ, सबै खेल जित्ने अपेक्षा राखेका छौं : कप्तान पौडेल

आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालमा बिहीबारदेखी अन्तिम श्रृंखला हुँदैछ। यस श्रृंखलामा नेपालसँगै युएई र पिएनजीले सहभागिता जनाउँदै छन्।

यस श्रृंखलाका सबै खेल जितेमा नेपालले सोझै विश्वकप छनोट खेल्ने मौका पाउँनेछ। खेलअघि बुधबार नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले घरेलु मैदानमा हुने श्रृंखलाका सबै खेलमा सुखद् नतिजा निकाल्ने बताएका छन्।

ब्याच नम्बर ६९ : ड्याङ गोली चल्यो अनि रोजी पुर्लुक्क ढलिन्, न प्रेमीको बदला पुरा भयो न प्रेमिकाको ज्यानै रह्यो

उकेराको ‘ब्याच नम्बर ६९’ कोलममा आज ललितपुरकी रोजी महर्जनको हत्या घटनाको अन्तिम अङ्क प्रकाशित भएको थियो।

यो तेस्रो तथा अन्तिम अङ्कमा रोजीको हत्या योजना कसरी बन्यो भनेर उल्लेख गरिएको छ।

फागुन २४, २०७९ बुधबार २१:१२:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।