नेपाल ओडीआई वरियतामा १७ औं स्थानमा उक्लियो, दुई स्थान सुधार
काठमाडौं : नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) वरियतामा १७ औं स्थानमा उक्लिएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको नयाँ ओडीआई वरियतामा नेपालको दुई स्थान सुधार भएको हो।
यो सुधारसँगै १९ औं स्थानमा रहेको नेपाल १७ औं स्थानमा पुगेको छ। वरियतामा नेपालले अमेरिका र यूएईलाई पछि पारेको छ। ओडीआई वरियतामा भारत शीर्ष स्थानमा छ।
नेपालले आईसीसी विश्वकप लिग-२ अन्तर्गत लगातार दुई सिरिजमा खेलेका ८ मध्ये ७ खेल जितेको थियो। टी-२० आई वरियतामा भने नेपाल १६ औं स्थानमा यथावतै छ।
फागुन २४, २०७९ बुधबार १९:१४:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।