विवाहमा सहभागी भएर फर्किंदा समुद्रमा डुङ्गा डुब्यो, २१ जनाको मृत्यु

विवाहमा सहभागी भएर फर्किंदा समुद्रमा डुङ्गा डुब्यो, २१ जनाको मृत्यु

एजेन्सी : यमनमा डुङ्गा दुर्घटनामा परेर कम्तीमा पनि २१ जनाको ज्यान गएको छ। मङ्गलबार यमनको उत्तरी रेड सीमा सो डुङ्गा दुर्घटना भएको प्रहरीले जनाएको हो।

आफन्तको विवाह समारोहमा सहभागी भएर घर फर्किँदै गरेका स्थानीय नागरिक चढेको डुङ्गा समुद्रमा डुबेको बताइएको छ।

मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेका छन्। प्रहरीका अनुसार मृत्यु हुनेमा १२ महिला र ६ जना बालबालिका छन्।

उक्त डुङ्गा मा २७ जना यात्रु सवार रहेका थिए। डुङ्गा डुबेपछि उद्धारको कार्य गरिएको र ६ जनालाई भने जीवितै उद्धार गरिएको थियो।

फागुन २४, २०७९ बुधबार १४:२७:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।