मल्टिप्लेक्सबाट उत्रियो ‘२.० छड्के’, अनमोलको पारिश्रमिकभन्दा कम कमाइ

मल्टिप्लेक्सबाट उत्रियो ‘२.० छड्के’, अनमोलको पारिश्रमिकभन्दा कम कमाइ

काठमाडौं : अनमोल स्टारर फिल्म ‘२.० छड्के’ मल्टिप्लेक्सबाट उत्रिएको छ।

प्रदर्शनको छैटौं दिनमा क्युएफएक्सले फिल्म हलबाट उतारेको वितरक सुनिल मानन्धरले जानकारी दिए।

निगम श्रेष्ठ निर्देशित फिल्मले सुरुवाती दिनदेखि नै निकै कमजोर व्यापार गरेको थियो।

सँगै प्रदर्शन भएको फिल्म ‘छक्का पञ्जा ४’ले भने छैठौं दिनमा ६ करोड माथिको व्यापार गरिसकेको छ भने अझै हाउसफुल भइरहेको छ।

तर ‘२.० छड्के’ले भने जम्मा ३० लाखको व्यापार गरेको वितरक मानन्धरले जानकारी दिए।

फिल्ममा अनमोल केसीले अनुबन्धित हुँदा पारिश्रमिक नै ५० लाख भन्दा बढि लिएको हल्ला चलेको थियो।

फागुन २४, २०७९ बुधबार १३:४३:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।