राष्ट्रपति निर्वाचनबारे निर्णय गर्न राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै

राष्ट्रपति निर्वाचनबारे निर्णय गर्न राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दैछ।

बुधबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकले बिहीबार हुने राष्ट्रपति निर्वाचनका बारेमा कसलाई मत दिने भन्नेबारेमा निर्णय गर्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

राप्रपाभित्र राष्ट्रपति निर्वाचनमा तटस्थ बस्नुपर्ने आवाज पनि उठिरहेको छ।

सोमबार रातिबाट राष्ट्रपति निर्वाचनको मौन अवधि सुरु भएकाले अब कित्ता क्लियर गर्न नपाइने यसअघि नै निर्वाचन आयोगले बताइसकेको छ। यसकारण पनि पार्टीले तटस्थ बस्ने वा स्वविवेक प्रयोग गरेर मतदान गर्न आग्रह गर्नसक्ने देखिएको छ।

अध्यक्ष राजेन्द्र लिङ्देनसहित बहुसंख्यक नेता राष्ट्रपति निर्वाचनमा कुनै एक उम्मेदवारलाई मत दिनुपर्ने पक्षमा रहेको बुझिएको छ।

फागुन २४, २०७९ बुधबार ०९:३०:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।