चौथो अंग : रिपोर्टरहरू सिक्नै नचाहने भए, सम्पादकहरू भोलिको बाटाे बनाउन लागे
संविधान जारी भएपछि २०७४ मा भएको निर्वाचनमा एमाले ठूलो दल भयो। केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यको शपथ नखाँदै प्रधानमन्त्रीको शपथ लिए। जब कि यो संविधान अनुकूल थिएन। यो स्टोरी अलि बलियो बनाउने गरि रिपोर्टिङ गर्न केही राजनीतिक विश्लेषकसँग कुरा गर्न खोज्दा यस विषयमा कोही बोल्नै चाहेनन्।
अहिलेको पत्रकारिता सिक्नै नचाहने र नसिकाउने पत्रकारहरूले टिकाइरहेका छन्। नयाँ रिपोर्टरले पनि सिक्न खोज्नु पर्याे पुरानाले पनि सिकाउन झन्झट मान्नुभएन।
ओलीले दुई पटक संसद विघटन गरेपछि तिनै विश्लेषकहरूले केपी ओली प्रवृत्तिबारे चर्कोगरी बोले। हाम्रो समाजको चरित्र आफूलाई फाइदा हुन्छ भने नबोल्ने नत्र बोल्ने देखियो।
यसो भन्दै गर्दा राजनीतिक रिपोर्टिङमा कुनै समस्या नै छैन भन्ने हैन। समस्या छन् अनि कमजोरी पनि। तर रिपोर्टिङ कमजोर हुनुमा रिपोर्टर मात्रै हैन समाचार कक्षको लिडर, मिडिया हाउस अनि विश्लेषकसम्मको कमजोरी हुन्छ। एक पक्षलाई मात्र सुधार गरेर वा दोष दिएर सुधार सम्भव हुन्न।
अहिले स्रोतसम्म पुग्ने, प्राप्त तथ्य र सूचनालाई क्रस चेक गर्ने परिपाटी कमजोर बन्दै गएको भने हो। दाइ, सर, कमरेडले जे भन्यो त्यसलाई विश्वास गर्ने र समाचार लेख्ने प्रचलन अझै हराइसकेको छैन।
मानौं, प्रधानमन्त्री अस्पताल भर्ना भए भने हामी उनी बिरामी नै भएका हुन् भनेर ठोकुवा गर्छौं, विरामी नभएर कुनै कुरा छल्न पो अस्पताल गएकी भन्ने र सोच्ने अनि खोज्नेतिर ध्यान कमै जान्छ।
अस्पताल जाने भनेको विरामी भएपछि त हो भन्यो सक्कियो। अन्य केही पो छ कि भनेर खोज्दा के बिग्रन्छ र! हैन रहेछ भने विरामै भएर गएका रहेछन् भन्ने पुष्टि हुन्छ। अर्कै कारण रहेछ भने त्यो खुल्छ। तर, पहिल्यै यही गर्न गएको त हो भन्दा त हाम्रो दायित्व पूरा भएन नि!
रिपोर्टर कम, दाइ र कमरेडका मान्छे बढि भयौं कि!
विद्यालय पढ्दादेखि नै हो मलाई पत्रकारितामा रुचि भएको। हामी भित्ते पत्रिका निकाल्थ्यौं। सुरुवातमा नवयुगवाणीबाट काम सुरू गरेँ। केही समय साप्ताहिकमा काम गरेपछि एफएम र दैनिक पत्रिकामा काम सुरू भयो।
किशोर नेपाल सम्पादक भएका बेला नागरिक दैनिकमा काम गर्न पुगेँ। सुरुवातदेखि नै राजनीतिक रिपोर्टिङ गरेँ मैले। विकासोन्मुख देशमा पत्रकारितामा राजनीति नै हाबी छ।
जसरी सत्ता अस्थिर छ त्यसरी नै हाम्रो राजनीतिक विटको पत्रकारिता पनि अस्थिर छ। जसरी राजनीति सत्ताको वरपर घुमेको छ हाम्रो राजनीतिक पत्रकारिता पनि त्यही वरपर छ। को प्रधानमन्त्री हुने, कुन दलको कसलाई समर्थन भन्नेमा नै केन्द्रित छ हाम्रा समाचार। राजनीतिक विषयमै पनि अन्य पाटाहरु छन् नि! तर हामीले त्यता छुनै सकेका छैनौं।
त्यसमाथि हाम्रो पत्रकारिता कमरेड र दाइमा बढि निर्भर छ। अब दाइ अनि कमरेडमा निर्भर भएपछि समाचार एंगलमा पत्रकारको भन्दा पनि कमरेड र दाइको भनाइमा केन्द्रित हुने नै भयो।
अर्को राजनीतिक समाचार सतही रूपमा आएको आरोप पनि लाग्छ। यो आंशिक सत्य पनि हो। एउटै पार्टीको नेताहरूबीच भेटघाट हुँदा समाचार लेख्नैपर्ने बाध्यतामा छन् साथीहरू। सामान्य भेटघाटको विषय भए पनि फलाना नेताले फलानो नेतासँग भेटे भनेर लेख्नैपर्ने बाध्यता छ।
हामीले काम गर्दा सम्पादक अथवा सिनियर रिपोर्टरले सिकाउने संस्कार थियो। समाचार कक्षमा विषयका बारेमा बहस हुन्थे। एकै विषय पनि कसरी लेख्ने भनेर छलफल हुँदा नयाँ आइडिया आउन पनि सक्छ नि!
तर अहिलेका रिपोर्टरमा सिक्नै नखोज्ने, सिकाइहाले ‘मलाई के आउँदैन र?’ ह्युमीलेट गरेको भन्ने सम्झने भए। अब सिकाउनु नै ह्युमिलियट हुने भएपछि कसले सिकाउन जाँगर गर्छ र! त्यसले समाचार कक्षमा सिक्ने अनि सिकाउने वातावरण धमिलो बन्दै गएको छ। नयाँ पुस्ताले सिक्ने अवसर गुमाइरहेका छन्।
अहिलेको पत्रकारिता सिक्नै नचाहने र नसिकाउने पत्रकारहरूले टिकाइरहेका छन्। अनि गुणात्मक सामग्री कसरी आउन सक्छ? सामग्रीमा सुधार गर्ने हो भने नयाँ रिपोर्टरले पनि सिक्न खोज्नुपर्यो, पुरानोले पनि सिकाउन झन्झट मान्नुभएन। सिक्ने अनि सिकाउने वातावरण फर्काउनुपर्ने छ समाचार कक्षमा।
अध्ययनमा रुचि नै भएन
हामी पत्रकारहरू पनि आलोचनात्मक धेरै अनि रचनात्मक कम भएका छौँ। पाठक, स्रोता, दर्शकको आवश्यकता के हो भन्नेमा समाचार कक्ष अनभिज्ञ जस्तै छ।
कुनै घटना भयो भने यस्तो भयो लेख्छौं, त्यसले पार्ने सकारात्मक, नकारात्मक वा त्यो घटना किन, कसरी भयो भन्नेतिर त्यत्ति ध्यान दिँदैनौ। लेख्ने पनि सतही कुरामै रमाइरहेका छौँ। लेखेको सदर गर्ने पनि त्यसैमा चित्त बुझाइरहेका छन्।
कोरोना भाइरसको संक्रमणपछि समाचार कक्षहरू निकै कमजोर भएका छन्। सम्पादकहरू पनि समाचार कक्षमा भन्दा व्यवस्थापनमा अल्झिएका हुन् की जस्तो देखिन्छ।
सामुहिकताको भावना कमजोर हुँदै गएको छ। मैले जे जानेको छु त्यो नै अन्तिम सत्य हो जस्तो भयो। सहकर्मीहरूसँग छलफल गर्ने, सूचना आदानप्रदान गर्ने अनि आफूले लेखेको अर्कोलाई एक पटक पढ्न दिने बानी बसाल्ने हो भने केही न केही सुधार हुन्छ सामग्रीमा। तर यसो गर्दा सानो भइन्छ, कमजोर ठान्छन् भन्ने भ्रम बढ्दै गएको छ।
रिपोर्टरले लेखेको सम्पादकले हेर्ने मात्रै हैन, सम्पादकले लेखेको रिपोर्टरले पनि हेर्न सक्छन्। सुझाव दिन सक्छन्। सुधार हुनसक्छ नि! कन्टेन्टको अन्तिम निर्णयकर्ता सम्पादकै हुन्, रिपोर्टर हैनन्। तर, सुझाव जुन तहकाबाट पनि आउनुपर्छ। आउनसक्छ।
अर्को समस्या पत्रकारहरूमा अध्ययनमा पनि खास रुचि देखिँदैन। अर्को साथीले लेखेको समाचार पढ्ने, आफूले लेखेको र अरुले लेखेकोमा तुलना गर्ने, विश्लेषण गरेर नयाँ ढङ्गबाट समाचार खोज्ने गर्दा राम्रो हुन्छ।
तर त्यसो हैन, आफ्नै समाचार पढ्ने पनि धैर्यता कमजोर हुँदै गएको छ। म सम्पूर्ण हैन, मेरो ज्ञानको पनि सीमितता छ भन्ने मान्न तयार नहुँदा हामी रिपोर्टर एकोहोरो भएका छौं। अनि जे आउँछ, जे थाहा छ त्यसमै सीमित भएका छौँ।
रिपोर्टरलाई आज समाचार के छ? भन्छौं तर असाइन गर्ने, त्यसमा यी कुरा चाहिन्छ है, यस्तो मान्छेहरूसँग भेट्नु भनेर गाइड गर्ने परम्परा कमजोर छ। गरिहाल्यो भने पनि रिपोर्टरले पनि नगर्ने, बहाना बनाउने अनि आफूलाई मन लागेको लेख्ने र हिँड्ने गरेको देखिन्छ।
हामी पत्रकारहरू पनि आलोचनात्मक धेरै अनि रचनात्मक कम भएका छौँ। पाठक, स्रोता, दर्शकको आवश्यकता के हो भन्नेमा समाचार कक्ष अनभिज्ञ जस्तै छ।
कुनै घटना भयो भने यस्तो भयो लेख्छौं, त्यसले पार्ने सकारात्मक, नकारात्मक वा त्यो घटना किन, कसरी भयो भन्नेतिर त्यत्ति ध्यान दिँदैनौ। लेख्ने पनि सतही कुरामै रमाइरहेका छौँ। लेखेको सदर गर्ने पनि त्यसैमा चित्त बुझाइरहेका छन्।
सामुहिकताको भावना कमजोर हुँदै गएको छ। मैले जे जानेको छु त्यो नै अन्तिम सत्य हो जस्तो भयो। सहकर्मीहरूसँग छलफल गर्ने, सूचना आदानप्रदान गर्ने अनि आफूले लेखेको अर्कोलाई एक पटक पढ्न दिने बानी बसाल्ने हो भने केही न केही सुधार हुन्छ सामग्रीमा। तर यसो गर्दा सानो भइन्छ, कमजोर ठान्छन् भन्ने भ्रम बढ्दै गएको छ।
रिपोर्टरले लेखेको सम्पादकले हेर्ने मात्रै हैन, सम्पादकले लेखेको रिपोर्टरले पनि हेर्न सक्छन्। सुझाव दिन सक्छन्। सुधार हुनसक्छ नि! कन्टेन्टको अन्तिम निर्णयकर्ता सम्पादकै हुन्, रिपोर्टर हैनन्। तर, सुझाव जुन तहकाबाट पनि आउनुपर्छ। आउनसक्छ।
पेशागत असुरक्षाले विकल्प खोज्दा अहिलेदेखि नै कसैलाई खुसी बनाउने र भोलिका लागि बाटो सुरक्षित गर्न लागेका हुन् कि जस्तो आभास पनि हुन थालेको छ।
अर्को समस्या पत्रकारहरूमा अध्ययनमा पनि खास रुचि देखिँदैन। अर्को साथीले लेखेको समाचार पढ्ने, आफूले लेखेको र अरुले लेखेकोमा तुलना गर्ने, विश्लेषण गरेर नयाँ ढङ्गबाट समाचार खोज्ने गर्दा राम्रो हुन्छ।
तर त्यसो हैन, आफ्नै समाचार पढ्ने पनि धैर्यता कमजोर हुँदै गएको छ। म सम्पूर्ण हैन, मेरो ज्ञानको पनि सीमितता छ भन्ने मान्न तयार नहुँदा हामी रिपोर्टर एकोहोरो भएका छौं। अनि जे आउँछ, जे थाहा छ त्यसमै सीमित भएका छौँ।
रिपोर्टरलाई आज समाचार के छ? भन्छौं तर असाइन गर्ने, त्यसमा यी कुरा चाहिन्छ है, यस्तो मान्छेहरूसँग भेट्नु भनेर गाइड गर्ने परम्परा कमजोर छ। गरिहाल्यो भने पनि रिपोर्टरले पनि नगर्ने, बहाना बनाउने अनि आफूलाई मन लागेको लेख्ने र हिँड्ने गरेको देखिन्छ।
कोरोनाले कमजोर बनायो न्युज रुम
कोरोना भाइरसको संक्रमणपछि समाचार कक्षहरू निकै कमजोर भएका छन्। संरचना छन् तर त्यसले राम्रोसँग काम गर्न सकेको छैन। सम्पादकहरू पनि कोरोनापछि समाचार कक्षमा भन्दा व्यवस्थापनमा बढि अल्झिएका हुन् की जस्तो देखिन्छ।
एउटा पत्रकार आफ्नो पेशाप्रति आश्वस्त हुन सकेकै छैन, भोलिको चिन्ता (बाँच्नु पर्यो, खानु पर्यो)मा छ। पेशागत असुरक्षाले विकल्प खोज्दा अहिले देखि नै कसैलाई खुसी बनाउने र भोलिका लागि बाटो सुरक्षित गर्न लागेका हुन् कि जस्तो आभास पनि हुन थालेको छ।
पछिल्लो समय जनप्रतिनिधिको प्रेस सल्लाहकार हुने होड चल्नु त्यसैको संकेत हो। जसले पत्रकारितामा ठूलो क्षति पुगिरहेको छ। दक्ष जनशक्ति सल्लाहकार र संयोजकको डाम बोकेर बसेका छन्। यसले सरकारहरूमा भएको भ्रष्टाचार र अनियमितताका समाचारहरू समेत रोकिएका छन्।
दलीय आबद्धता, समाचारमा पक्ष लिएको, दाइ, कमरेड, गुट वा पार्टीको बचाउ गरेको आरोप राजनीतिक समाचार लेख्ने पत्रकार माथि धेरै लाग्छ। त्यसमा कमजोरी नै छैन भन्ने होइन। कमजोरी छ। अब कमजोरी छ भनेपछि त्यसको कारण पनि हुन्छ। कारण समाधान गर्ने हो सुधार पनि त सम्भव छ।
तर, के अन्य क्षेत्र/विटमा यस्तो छैन त? पोलिटिकल समाचार जति क्रिटिकल आउनुपर्ने हो त्यसका विभिन्न आयाममा ध्यान पुगेको छैन होला। तर, अन्य क्षेत्रका समाचार यति पनि आलोचनात्मक आएका छन्? यो पनि बहसयोग्य पक्ष हो नेपाली पत्रकारिताको।
कांग्रेसको समाचार लेख्यो कांग्रेसकै ट्याग, एमाले लेख्यो एमालेकै ट्याग लगाइदिने चलन पनि छ। बहुदलवादमा आधारित शासन व्यवस्था छ। एउटा मान्छेका विचार, चिन्तन, निकटता हुँदै हुँदैन भन्ने होइन, हुन्छ। तर हेर्ने त ऊ आफ्नो पेशामा कति खरो रूपमा प्रस्तुत भएको छ भनेर हो नि!
तर हेर्दैनौं। कुन पत्रकार कुन दलको समाचार लेख्छ वा कसको कुन नेतासँग सम्बन्ध छ भन्ने आधारमा दृष्टिकोण बनाएर आरोप लगाउन थालिहाल्छौँ। हामी सतही टिप्पणीमा धेरै रमाइरहेका छौँ।
दलहरूका शुभेच्छुक र भ्रातृ संगठन एउटा भयो। त्यहाँ आवद्ध हुन हुने/नहुने अर्को बहसको विषय छ। अर्को विषयगत संस्थाहरु पनि त टन्नै छन् नि!
विटका आधारमा संगठन बनाउने सुरुवात तपाईं वा मैले गरेको हो र? त्यो चाहिँ ठिक हो त? यदि विषयगत संस्था ठिक हो भने अब कांग्रेस विट रिपोर्टर, एमाले विट रिपोर्टर, माओवादी, राप्रपा विट रिपोर्टर समाज गठन गरे राम्रो हुने हो त?
पत्रकारहरू रहेको राजनीतिक दलका शुभेच्छुक र भातृ संस्थाबारे बहस ठिक छ। हुनुपर्छ। तर यो सँगै यस विषयमा पनि छलफल हुन जरुरी छ।
अहिले पनि अलि खोजमुलक अनि लामो स्टोरी आयो भने त्यसको पुच्छारमा पक्कै फलानोसँगको सहकार्यमा हुने सम्भावना ९९ प्रतिशत छ।
व्यक्तिगत कुरा गर्ने हो भने मैले कसैप्रति आग्रह राखेर वा कसैलाई बोक्ने र ठोक्ने गरे जस्तो लाग्दैन। त्यो भएको रैछ भने म सच्याउन, सुधार गर्न तयार छु। मेरा सहकर्मीहरू मात्र होइन अन्य सञ्चार गृहमा कार्यरत साथीहरूले पनि त्यस्तै ठान्नुहुन्छ भन्ने मलाई लाग्छ।
तर यो वातावरण बन्न भएका गल्तीमा आलोचना गर्ने सामाजिक संस्कार शुरू हुनुपर्छ। व्यक्ति वा मिडिया हेरेर हैन, कन्टेन्ट हेरेर समीक्षा हुन जरुरी छ। जब कन्टेन्ट केन्द्रित आलोचना र समीक्षा शुरू हुन्छ त्यसपछि कि सुध्रनुपर्यो, कि पक्षधरता स्वीकार गर्नुपर्यो या पत्रकारिता पेशा त्याग्नुपर्यो। यो बाहेक अर्को विकल्प के हुन्छ र!
तर समस्या के भने राजनीतिक दलका नेता मात्र होइन विभिन्न पेसा तथा व्यवसायका मान्छेहरू पनि अहिले स्वस्थ आलोचना सुन्नै चाहँदैनन्। चाकरहरू नै खोज्ने क्रमले तीव्रता पाएको छ।
अनि चाकर बन्ने होडमा बग्रेल्ती खुलेका सञ्चारमाध्यमले बाँकीलाई पनि खहरेमा मिसाउने र उस्तै हो भन्ने बनाउने जोखिम बढ्दै गएको छ।
जो व्यावसायिक रूपमा पत्रकारिताको संहितामा बसेर काम गरिरहेका छन् उनीहरूलाई यो जोखिमबाट पार लगाउनसक्ने भनेको इमान्दार पाठकहरूले स्वस्थ र वस्तुनिष्ठ आलोचना गरेर नै हो। यी सबै उस्तै हुन् भनेपछि त सक्किहाल्यो नि!
रिपोर्टरको यावत् दुःख छन्। त्यो भन्दा ठूलो ‘दल सम्पादक’ हरूका दु:ख छन्। कोरोनापछि त अझ बढेको होला जस्तो लाग्छ यो दु:ख। हामी सबैका(समाचार कक्ष)का दुःख, गुनासा, समस्या सम्पादक कहाँ नै पुग्ने भए, जुन स्वाभाविक हो।
सम्पादकलाई त आधा व्यवस्थापक पनि भनिन्छ। त्यसैले वितरण, विज्ञापन, प्रशासन, प्रकाशक/सञ्चालकका कुरा सुन्नैपर्यो। समाचार स्रोत, देशी-विदेशी, संघ-संगठन आदिसँगको सम्बन्ध र सम्पर्कलाई पनि निरन्तरता दिन भ्याइ नभ्याइ देखिन्छ।
सम्पादकको यावत् सम्बन्धको व्यवस्थापन त सामग्रीबाटै हुने त हो। अनि त्यो जिम्मेवारी रिपोर्टरको काँधमा आइलाग्छ।
खोज पत्रकारिता गर्नै नसक्ने अवस्था कसरी आयो?
चार शब्द थप सूचना भएका समाचार खोज्न र लेख्न हामी पत्रकार अनि हाम्रो समाचार कक्ष एनजीओ, आईएनजीओको फेलोसिप लिनैपर्ने अनि आफ्नै सहकर्मीले अर्को संस्थाको नाम झुन्ड्याएर आएको स्टोरी छाप्नुपर्ने अवस्थामा पुगेका छौँ। हाम्रा समाचार कक्ष र माध्यमहरू किन पुगे होलान् त्यहाँ?
अहिले पनि अलि खोजमुलक अनि लामो स्टोरी आयो भने त्यसको पुच्छारमा पक्कै फलानोसँगको सहकार्यमा हुने सम्भावना ९९ प्रतिशत छ।
हामी सिन्डिकेट भनिरहेका छौं, निजी क्षेत्रबाट समाचार एजेन्सी आएका छन्। जसले ल्यायो उसले राम्रो गर्यो।
तर उसले दिएको कन्टेन्टमा मात्र निर्भर हुँदै जाने हो भने हाम्रो समाचार कक्ष कहाँ पुग्छ होला? अनि त्यही कन्टेन्ट हाल्ने भएपछि समाचार कक्षमा सम्पादक र रिपोर्टरको साटो डिजाइनर, अपलोडर, समाचार प्रस्तोता मात्र भए पुग्छ भन्ने दिन पो आउँछ कि?
निर्धक्क हुनसक्ने अवस्था आएन
पत्रकारिता गाँस, बास अनि कपास के होला भनेर भौतारिनु नपर्ने हुनुपर्छ। पेशागत सुरक्षा हुनुपर्छ। तलब आउला कि नआउला? तलबले खर्च धानिएला कि नधानिएला, विरामी भए कसरी उपचार गर्ने होला भन्ने चिन्ताबाट मुक्त भएपछि न पत्रकार अनि सम्पादकको ध्यान समाचारमै केन्द्रित हुन्छ। अनि पो पत्रकारितामा सुधार सम्भव छ।
छलफलको संस्कार हराउँदै गए
यो नयाँ हैन पुरानै पद्धती हो। तर भत्कियो। त्यसको प्रभाव कन्टेन्टमा पर्यो।
आफ्नो मात्र होइन, अन्य पत्रिका, अनलाइन, टेलिभिजनका समाचार हेर्ने, के राम्रो भयो, के कमजोरी भयो विश्लेषण गर्ने, भोलि कुन विषय उठान गर्ने, कसलाई के विषय असाइन गर्ने भनेर सम्पादक, सहायक सम्पादक, समाचार प्रमुख, ब्यूरो प्रमुखले तयारी गर्नुपर्ने देखिन्छ।
अपवादबाहेक विहान पत्रिकाका समाचारबाट सुरू हुने हाम्रो कर्म साँझ फेरि अनलाइनका समाचारलाई कपि गर्दै, रिसाइकल गर्दै सकिन्छ।
रिपोर्टरले पनि १०/११ बजेसम्म आफ्नो योजना ब्यूरो प्रमुखलाई पेश गर्ने, त्यसलाई थप समृद्ध बनाउन सम्पादकसहितको मिटिङपछि सुझाव दिने वा आज त्यो होइन यो विषयमा काम गरौं भन्ने हुनुपर्ने हो।
अनि आज कुनै विषय नभएको रिपोर्टर छ भने पुस्तकालयमा यो विषयमा अध्ययन गर भनेर लगाउने, ४/५ बजेसम्म कुन स्टोरी कस्तो भयो, भोलिलाई वा भरेलाई कुन तयार हुने भयो? कुन समाचारलाई प्राथमिकता दिने, त्यसमा के-के थप गर्ने, कसले थप सहयोग गर्ने जस्ता एउटा सिस्टममा अघि बढ्नुपर्ने हो।
यसले मात्र समाचार र पत्रकारिताको विश्वसनियता बढ्छ र बढाउँछ पनि।
अपवादबाहेक विहान पत्रिकाका समाचारबाट सुरू हुने हाम्रो कर्म साँझ फेरि अनलाइनका समाचारलाई कपि गर्दै, रिसाइकल गर्दै सकिन्छ। यसरी हामी कहिलेसम्म र कहाँसम्म पुग्छौं? यो पनि समस्या छ।
बरालिएको राजनीतिक रिपोर्टिङ
राजनीतिक रिपोर्टिङ बरालिएको र भनेजस्तो रिपोर्टिङ नभएको भन्ने आरोप लाग्छ। अघि पनि भनेँ, राजनीति मात्र होइन अन्य रिपोर्टिङ पनि बरालिएको छ। तर, अरु पनि त त्यस्तै त छन् भनेर सुख पाइँदैन। सुधार गर्नैपर्छ।
सम्पादकहरूले समाचार कक्षमा अलि बढि समय दिनुपर्यो भने रिपोर्टरले पत्रकारितालाई माध्यम बनाउन भएन।
बरालिनुको एक कारण मात्र छैन। विविध छन्। मिडियामा कन्टेन्टमा लगानी नहुनु, विज्ञापनको बजारमा ह्रास आउनु, रिपोर्टरमा सिक्ने चाहना हराउँदै जानु, विषयवस्तुमा ज्ञान कम हुनु यसका मुख्य कारणहरू हुन्।
समाचार लेख्ने तरिकामा अरु पनि सम्भावनाहरू छन् भनेर हामीले हेरेका छैनौं। हाम्रोमा नेताको दोहोरो चरित्रदेखि स्वार्थ समूहसँगको कनेक्सनसम्म उदाङ्गो हुने गरि समाचार आएकै छैनन्।
प्रिडिक्सनमा पनि हामी चुकिरहेका छौं। यो भनेको राजनीतिक उतारचढाव सुध्नसक्ने क्षमताको कमी अनि मिहीन दृष्टीको अभावले हो। लगनशील हुने हो भने यसमा सुधार गर्न सकिन्छ।
तसर्थ समग्र पत्रकारिता सुध्रिनलाई पहिले आधारभूत आवश्यकता पूरा हुनुपर्यो। यो त हरेक पेशाको सामान्य शर्त हो। सम्पादकहरूले समाचार कक्षमा समय अलि बढि दिनुपर्यो। रिपोर्टरले पत्रकारितालाई अन्य उपलब्धिका लागि माध्यम बनाउन भएन। यो व्यावहारिक पाटो भयो। यति मात्र हुने हो भने पनि अहिलेको तुलनामा हाम्रा कन्टेन्टहरू धेरै सुध्रन्छन्।
(युगवाणी, नयाँ पत्रिकामा काम गरेका अधिकारी अहिले नागरिक दैनिकमा आबद्ध छन्। उनै अधिकारीसँग ‘राजनीतिक उतरचढावमा राजनीतिक रिपोर्टर किन रमिते?’ शीर्षकमा केन्द्रित भएर प्रजु पन्तले गरेको कुराकानीमा आधारित।)
फागुन २४, २०७९ बुधबार ०८:५०:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।