बंगलादेशमा विस्फाेट हुँदा साततले भवन ध्वस्त, १६ जनाको मृत्यु

बंगलादेशमा विस्फाेट हुँदा साततले भवन ध्वस्त, १६ जनाको मृत्यु

एजेन्सी : बंगलादेशको राजधानी ढाकामा विस्फोट हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ । १२० जनाभन्दा बढी घाइते भएका छन्।

ढाकाको सिद्दिकी बजारमा मंगलबार बेलुकी विस्फोट हुँदा १६ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

ढाका मेडिकल कलेज अस्पतालमा घाइतेको उपचार भइरहेको छ। विस्फोटपछि एक सात तले भवन ध्वस्त भएको छ भने सडकमा गुडिरहेको बसमा समेत क्षति पुग्दा कैयौँ यात्रु घाइते भएका छन्।

ध्वस्त भवन वरपर रहेका रिक्सा चालक तथा सर्वसाधारण घाइते भएका भारतीय सञ्चारमाध्यमले जनाएको छ।

फागुन २४, २०७९ बुधबार ०७:०९:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।