घरेलु मैदानमा हुने सिरिजका लागि नेपाली टिम घोषणा, को-को परे?
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत अन्तिम त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टिम घोषणा गरेको छ।
टिममा ओपनर कुशल भुर्तेल फर्किएका छन् भने सन्दीप जोरा वैकल्पिकमा झारिएका छन्।
नेपाली टिम
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, प्रतिश जिसी, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, गुल्शन झा, भीम सार्की, ललित राजवंशी
वैकल्पिक- सन्दीप जोरा, श्याम ढकाल, कमलसिंह ऐरी, अर्जुन साउद
नेपाल, युएई र पिएनजीबीच नेपालमा फागुन २५ देखि लिग-२ को अन्तिम सिरिज हुँदैछ। यो सिरिज नेपालका लागि दुई अर्थमा महत्वपूर्ण सावित हुनेछ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने सिरिजका चार मध्ये दुई खेल जिते नेपालको लिग-२ बाटै एकदिवसीय मान्यता जोगिनेछ। चारै खेलमा हात पारे नेपालले लिग-२ को शीर्ष तीनमा स्थान बनाउँदै १० देशबीच प्रतिस्पर्धा हुने विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न पाउनेछ।
फागुन २३, २०७९ मंगलबार २२:०१:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।