होलीको रंगमा रमेको बुटवल (तस्बिरहरू)

होलीको रंगमा रमेको बुटवल (तस्बिरहरू)

बुटवल : आज जनकपुर बाहेकका तराई तथा मधेसका जिल्लाहरूमा रंगहरूको पर्व होली (फागु पूर्णिमा) ​​​​​​​​​​​​​​हर्षोल्लासका साथ मनाइएको छ। भौगोलिक संरचना र मान्यता अनुरूप फागु पूर्णिमा मनाउने चलन छ। पहाडी जिल्लाहरूमा सोमबार नै फागु पूर्णिमा मनाइएको थियो।

तर, जनकपुर बाहेकका मधेस तथा तराईका जिल्लाहरूमा भने आज होली मनाइएको हो। स्थानअनुसार मनाइने फागु पूर्णिमाको नाम पनि फरक फरक छ। हिमाली र पहाडी भेगमा ‘फागु’ र मधेसमा ‘होली’ भनिन्छ। मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भानिन्छ।

यसै अनुसार आज (बुधबार ) बुटवलमा पनि होली धुमधामका साथ मनाइएको छ। हेरौं तस्बिरहरू :

 

फागुन २३, २०७९ मंगलबार १६:४९:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।