कानुनी व्यवस्थाअनुसार महिलालाई मुख्य पदमा लैजान अझै व्यवहारिक कठिनाइ छः सभामुख घिमिरे

कानुनी व्यवस्थाअनुसार महिलालाई मुख्य पदमा लैजान अझै व्यवहारिक कठिनाइ छः सभामुख घिमिरे

काठमाडौं : सभामुख देवराज घिमिरेले कानुनी व्यवस्थाअनुसार महिलालाई मुख्य पदमा लैजान अझै व्यवहारिक कठिनाइ रहेको बताएका छन्।

मंगलबार ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित एक कार्यक्रम उनले यो धारणा राखेका हुन्।

‘३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्थाको कारणले गर्दा आज ठूलो संख्यामा महिला प्रतिनिधिहरूले नियम कानुन बनाउने तहसम्म प्रतिनिधित्व गर्नुभएको छ। तथापि अझै आवश्यक मात्रामा मुख्य पदहरुमा ३३ प्रतिशत महिलाको संख्या र गुण पुर्याउन सकिएको छैन,’ उनले भने।

उनले पुरुष सरह महिलालाई मुख्य पदहरुमा लैजान कानुनी व्यवस्था भए पनि कार्यान्वयन हुन भने कठिनाइ देखिएको बताए।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ नेपालकी अध्यक्ष भारती पाठकले क्रमिक रुपमा हरेक क्षेत्रमा महिला सहभागिता बढ्दै गए पनि पर्याप्त हुन नसकेको बताइन्।

उनले आर्थिक रुपमा अझै पनि महिलालाई सशक्त बनाउन नसकिएको भन्दै महिलाहरूलाई सुरक्षित बनाउनुपर्ने उल्लेख गरिन्।

फागुन २३, २०७९ मंगलबार १२:०६:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।