शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पुर्‍याउन माओवादी नेताहरूको माग

शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पुर्‍याउन माओवादी नेताहरूको माग

काठमाडौं : माओवादी धारका नेताहरूको बैठकले शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगो लगाउन आवश्यक कानूनी एवं संस्थागत व्यवस्थाको लागि तत्काल पहल गर्न सरकारसँग माग गरेको छ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेताहरूले राज्यसँग भएका सहमति र सम्झौताहरू कार्यान्वयन हुनपर्नेमा जोड दिएका छन्। उनीहरूले शान्ति सम्झौता र परिवर्तनविरुद्ध हुने कुनै पनि गतिविधिको प्रतिवाद गर्न आफूहरु एक भएको बताएका छन्।

बैठकपछि सार्वजनिक विज्ञप्तिमा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष सीपी गजुरेल, नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका महासचिव विश्वभक्त दुलाल ‘आहुति’, माओवादी समाजवादीका अध्यक्ष कर्णाजित बुढाथोकी र माओवादी कम्युष्टि पार्टीका केन्द्रीय सदस्य नारायणप्रसाद धिमालले हस्ताक्षर गरेका छन्।

फागुन २३, २०७९ मंगलबार ११:०३:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।