माओवादी धारका पार्टीहरूको बैठक बालुवाटारमा जारी

माओवादी धारका पार्टीहरूको बैठक बालुवाटारमा जारी

काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी धारका पार्टीको बैठक बसेको छ।

विहान ९ बजेदेखि बैठक जारी रहेको प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

बैठकमा नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र महिन्द्र राय यादव, नेपाल कम्युनिष्ट पार्टीका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका अध्यक्ष विश्वभक्त दुलाल आहुतीलगायत सहभागी छन्।

फागुन २३, २०७९ मंगलबार ०९:२०:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।