सडक बत्ती जडान गर्दा मिटर राख्न विद्युत् प्राधिकरणको आग्रह
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले सडकमा बत्ती जडान गर्दा मिटर अनिवार्य जडान गर्न र सडक बत्तीको महसुल समयमै भुक्तानी गर्न आग्रह गरेको छ।
प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले सूचना निकालेर विद्युत् महसुल बक्यौतामा ठूलो हिस्सा सडक बत्तीको रहेको भन्दै समयमै भुक्तानी गर्न भनेको हो।
यस्तै, पालिकाहरूले प्राधिकरणको सहमति नलिइ आफूखुसी सडक बत्ती जडान गर्ने र मिटर समेत जडान नगरिएका सडक बत्तीको महसुल नतिर्ने गरेको प्राधिकरणको भनाइ छ।
सडक बत्तीको विद्युत् शक्ति मापन हुन नसक्दा र मापन गरिएको विद्युत् खपतको समेत महसुल भुक्तानी नहुँदा प्राधिकरणले ठूलो नोक्सानी बेहोर्नुपरेको सूचनामा उल्लेख छ।
प्राधिकरणले सडकमा बत्ती जडान गर्दा मिटर जडान नगरेमा र महसुल समयमै नतिरेमा नियम अनुसार कारबाही हुने चेतावनी पनि दिएको छ।
फागुन २३, २०७९ मंगलबार ०९:१६:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।