म्याथ्युजको अलराउन्ड प्रदर्शनमा मुम्बईद्वारा बैंग्लोर ९ विकेटले पराजित
एजेन्सी : वुमन्स प्रिमियर लिग अन्तर्गत सोमबार भएको दोस्रो खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंग्लोरको टिमलाई सहजै पराजित गरेको छ।
हेली म्याथ्युजको अलराउन्ड प्रदर्शनमा मुम्बई इन्डियन्सले ५ ओभर बाँकी रहँदै लक्ष्य पछ्यायो। बलिङका क्रममा म्याथ्युजले कप्तान स्मृति मन्धानासहित तीन विकेट लिइन् भने ब्याटिङमा ३८ बलमा अविजित ७७ रन बनाइन्।
खेलमा वेस्ट इन्डिजका म्याथ्युजको वर्चस्व रह्यो। पहिले ब्याटिङ गरेको बैंग्लोरले १८.४ ओभरमा १५५ रनको स्कोरमा अलआउट भयो। उक्त लक्ष्य मुम्बई इन्डियन्सले १४.२ ओभरमा मात्र एक विकेट गुमाएर पूरा गर्यो।
बैंग्लोरबाट ओपनिङ गर्न आएकी कप्तान स्मृति मन्धाना २३ रनको व्यक्तिगत स्कोरमा म्याथ्युजको हातमा क्याचआउट भइन्। यसपछि साइका इशाकले लगातार दुई विकेट लिइन्। ४३ रनमा मात्रै आरसीबीको चार विकेट खसेको थियो।
लक्ष्य पछ्याउने क्रममा ओपनिङमा आएकी म्याथ्युज १३ चौका र एक छक्कासहित ७७ रनमा अविजित रहे भने तेस्रो नम्बरमा रहेका स्काइभर ब्रन्टले पनि ५५ रनको अविजित इनिङ खेले।
फागुन २३, २०७९ मंगलबार ०७:५४:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।