पाकिस्तानी गृहमन्त्रीको दाबी– प्रहरीबाट बच्न इमरान खान पर्खालबाट हाम फालेर छिमेकीको घरमा लुके

पाकिस्तानी गृहमन्त्रीको दाबी– प्रहरीबाट बच्न इमरान खान पर्खालबाट हाम फालेर छिमेकीको घरमा लुके

एजेन्सी : पाकिस्तानका गृहमन्त्री राना सनाउल्लाहले इमरान खान आइतबार आफ्नो लाहोरस्थित घरबाट गिरफ्तारीबाट बच्न भागेको बताएका छन्।

प्रहरी पूर्व प्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न पुग्दा उनी घरको पर्खालबाट हाम फालेर छिमेकीको घर गएको सनाउल्लाहले दाबी गरे।

इस्लामावाद पुलिस तोशाखाना काण्डमा इमरान खानलाई पक्राउ गर्न शनिबार लाहोर पुगेको थियो। तर यो टोली पक्राउ नगरी फर्कियो।

खानको कानूनी टोलीले प्रहरीलाई आश्वस्त पारेको छ कि उनी मार्च ७ मा अदालतमा उपस्थित हुनेछन्।

पाकिस्तानी टिभी च्यानल जियो टिभीसँग कुरा गर्दै मन्त्री सनाउल्लाहले भने, ‘हिजो जब पुलिस इमरानलाई पक्राउ गर्न गयो, त्यहाँ धेरै नाटक भएको थियो। भित्ताबाट हाम फालेर छिमेकीको ठाउँमा लुकेर बसेको हल्ला छ। केही समयपछि इमरान अगाडि आए र लामो भाषण दिए।’

यसैबीच, सोमबार पनि अदालतले इमरानविरुद्ध जारी गैर–जमानती वारेन्ट रद्द गर्न अस्वीकार गर्यो। तोशाखानामा उपहार बेचेको आरोपमा इमरान खानविरुद्ध मुद्दा चलिरहेको छ।

तोशाखाना पाकिस्तानको एक सरकारी विभाग हो जहाँ प्रधानमन्त्री, राष्ट्रपति वा अन्य वरिष्ठ अधिकारीहरूले भ्रमणको क्रममा प्राप्त गरेका बहुमूल्य उपहारहरू राखिन्छन्।

यी उपहारहरूमा सामान्यतया महँगो घडीहरू, सुन र हीराका गहनाहरू, महँगो गहनाहरू, स्मृति चिन्हहरू, हीराले भरिएका कलमहरू, क्रोकरीहरू र कार्पेटहरू समावेश हुन्छन्।

इमरान खानमाथि उनले तोशखानाका केही उपहार २० प्रतिशत र केही ५० प्रतिशत तिरेर महँगो मूल्यमा बिक्री गरेको आरोप छ।

फागुन २३, २०७९ मंगलबार ०७:४६:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।