भिनाजुको हत्या आरोपमा सालो पक्राउ

भिनाजुको हत्या आरोपमा सालो पक्राउ

कास्की : भिनाजुको हत्या आरोपमा प्रहरीले सालोलाई पक्राउ गरेको छ।

पोखरा महानगरपालिका–२० भलाम कालिखोला बंगुर फर्ममा काम गरी बस्ने नुवाकोट सुर्यगढी गाउँपालिका–३ फलाटे घर भएका ५५ वर्षीय मसला दमैको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने उनकै सालो २० वर्षीय कमल नेपालीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

उनीहरूबीच सामान्य विवादको क्रममा कमलले कुटपिट गर्दा गम्भीर घाइते भएका मसलाको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

फागुन २२, २०७९ सोमबार २१:१२:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।