बालिका बलात्कारको अभियोगमा दिपेन्द्र पक्राउ

पर्वत : १२ वर्षीया बालिका बलात्कारको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गोरखा अजिरकोट गाउँपालिका–५ घर भई पर्वत जलजला गाउँपालिका–३ बारीबेनीमा सडकको लेवर काम गरी बस्ने २७ वर्षीय दिपेन्द्र विक रहेका छन्।
दिपेन्द्रले ती बालिकालाई सोही ठाउँस्थित खाली घरमा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
फागुन २२, २०७९ सोमबार २०:५०:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।