नौ तस्बिरमा युएईविरुद्धको ४२ रनको जित
काठमाडौ : आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको युएईमा भएको सिरिजको अन्तिम खेलमा नेपालले घरेलु टिमलाई ४२ रनले पराजित गर्यो।
जितसँगै नेपालले ओडीआई स्टाटस जोगाउने सम्भवना बलियो बन्यो। नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको यूएईले ४५ ओभरमा सबै विकेट गुमाएर १८७ रन मात्र बनायो।
नेपालका दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले समान तीन–तीन विकेट लिँदा करण केसी, सन्दीप लामिछाने र आरिफ शेखले समान एक–एक विकेट लिए।
२३० रनको लक्ष्य पछ्याउने क्रममा युएईका आशिफ शेखले ८२, आर्यन लाक्राले ५० र व्रित्तिय अरविन्दले १३ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२९ रन बनाएको थियो।
नेपालका लागि भीम सार्कीले ७०, कुशल मल्ले ३२, सन्दीप लामिछानेले २७, करण केसीले १७ र ज्ञानेन्द्र मल्लले ११ रन ल्याएर आउट भए। आरिफ शेख र प्रतिष जिसीले अविजित रहँदै क्रमशः ४३ र ११ रन जोडे।
बलिङतर्फ जुनैद सिद्दिकीले तीन, रोहन मुस्तफा र आर्यल लाक्राले समान दुई विकेट लिँदा कार्तिक मैयप्पनले एक विकेट लिए।
फागुन २२, २०७९ सोमबार १९:४३:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।