पूर्वप्रधानमन्त्री खानको भाषण प्रसारण गर्न पाकिस्तानी टेलिभिजनमाथि प्रतिबन्ध

पूर्वप्रधानमन्त्री खानको भाषण प्रसारण गर्न पाकिस्तानी टेलिभिजनमाथि प्रतिबन्ध

एजेन्सी : पाकिस्तान सरकारले टेलिभिजन च्यानलहरूलाई पूर्वप्रधानमन्त्री इमरान खानको भाषण र पत्रकार सम्मेलन प्रसारण गर्न प्रतिबन्ध लगाएको छ।

पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटीले पूर्वप्रधानमन्त्रीले राज्यका संस्थाहरूमा आक्रमण गरेको र घृणालाई बढावा दिएको आरोप लगाउँदै टेलिभिजनहरूलाई खानका भनाइ प्रसारण गर्न रोक लगाएको हो।

आइतबार पूर्वी शहर लाहोरमा गरेको सम्बोधनमा खानले गतवर्ष आफूलाई सत्ताबाट हटाउनुमा पूर्व सेना प्रमुख जनरल कमर जावेद बाजवाको हात रहेको आरोप लगाएका थिए।

पूर्व क्रिकेटरसमेत रहेका खानलाई इस्लामावादबाट प्रहरीले भ्रष्टाचारको मुद्दामा पक्राउ गर्ने प्रयास गरेपछि खान सरकारप्रति थप आक्रामक बनेका हुन्। खानले आफूमाथि लागेको अनियमितताका आरोप अस्वीकार गर्दै आएका छन्।

प्रधानमन्त्री पद गुमाएपछि राष्ट्रिय चुनावको माग गर्दै खानले ठूला/ठूला सभा गर्न थालेपछि अथोरिटीले यसअघि पनि टिभी च्यानललाई उनको भाषण प्रसारण गर्न रोक लगाएको थियो।

फागुन २२, २०७९ सोमबार १८:०२:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।