पेरुमा बस र ट्याक्सी जुध्दा १३ जनाको मृत्यु

पेरुमा बस र ट्याक्सी जुध्दा १३ जनाको मृत्यु

एजेन्सी : दक्षिण अमेरिकी देश पेरुमा बस र ट्याक्सी एक आपासमा ठोक्किँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ। 

आइतबार पेरुको आनकास प्रान्तमा रहेको राजमार्गमा विपरीत दिशाबाट आइरहेका दुई सवारीसाधन ठोक्किएपछि आगलागी भएको थियो।

आगलागीका कारण दुर्घटनामा मृतकहरूको पहिचान हुन नसकेको स्थानीय प्रहरीले जनाएको छ। बसमा करिब ५० जना सवार रहेको बताइएको छ।

फागुन २२, २०७९ सोमबार १६:०९:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।