होलीको रङ्गमा रसायनको डर : यी हुन् जोगिने उपाय
काठमाडौं : होलीमा प्रयोग हुने रङ्गमा मानव स्वास्थ्यमा नकारात्मक असर गर्ने तत्व हुने भएकाले सजग हुन चिकित्सकहरूले सुझाव दिएका छन्।
प्लाष्टिक सर्जन डा. पीयूष दाहाल होलीमा धेरै गाढा रङ्ग लगाउनु उपयुक्त नहुने बताउँछन्। ‘धेरै गाढा हुने रङ्ग मोविलजस्तो पनि लगाउने गरिन्छ’, डा. दाहालले भने, ‘त्यस्तो चिज लगाउनु उपयुक्त हुँदैन।’
बेलुन हान्दै होली खेल्दा बेलुनले लागेर आँखाको पर्दा च्यातिने, मोतिविन्दूको जोखिम हुनसक्ने र ज्योति नै गुम्नसक्ने भएकाले चिकित्सकहरूले सजग गराएका छन्।
त्यसैगरी वीर अस्पतालका न्यूरो सर्जन प्रा. डा. राजिव झा पनि रङ्ग खेल्दा सचेतना नअपनाए रसायनयुक्त रङ्गले मष्तिष्कमा समेत नकारात्मक असर हुनसक्ने बताउँछन्।
‘मालाकाइट ग्रीन भन्ने हरियो रङ्ग हुन्छ’, डा. झाले भने, ‘श्वासको माध्यमबाट मष्तिष्कमा पुग्दा त्यसले नकारात्मक असर पर्न सक्छ।’
रङ्गले विशेषगरी व्यक्तिको छाला, आँखामा नकारात्मक असर पुग्न सक्छ। रसायनयुक्त रङ्ग फोक्सोमा पनि पुग्न सक्छ।
बेलुन हान्दै होली खेल्दा बेलुनले लागेर आँखाको पर्दा च्यातिने, मोतिविन्दूको जोखिम हुनसक्ने र ज्योति नै गुम्नसक्ने भएकाले चिकित्सकहरूले सजग गराएका छन्।
चिकित्सकका अनुसार यस्ता रसायन क्यान्सरजन्य तत्व समेत हुन्। यिनको प्रयोग गरेको खण्डमा व्यक्तिमा क्यान्सरको जोखिम हुने चिकित्सक बताउँछन्।
त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालका नेत्ररोग विशेषज्ञ डा. इन्दुप्रसाद ढुंगेलका अनुसार रासायनिक तत्व आँखामा परेको अवस्थामा आँखा रातो हुने, पोल्ने, दुख्ने, आँखाको बाहिरपट्टिको जालोमा क्षति पुग्न सक्छ।
होलीको रङ्मा रसायनको डर
चिकित्सकका अनुसार रातो रङ्गमा ‘मर्करी सलफाइड’, हरियो रङ्गमा ‘कपर सल्फेट’, कालो रङ्गमा ‘लिड अक्साइड’ को प्रयोग हुन्छ।
त्यसैगरी हरियो रङ्गमा ‘मालाकाइट ग्रीन’, चाँदी रङ्गमा ‘आल्मुनियम ब्रोमाइड’, नीलो रङ्गमा ‘प्रुस्सियन ब्लू’ तथा ‘क्रोमियम आयोडाइड’ जस्ता रासायनिक तत्वको प्रयोग हुन्छ।
यस्ता रासायनिक तत्वयुक्त रङ्गले छालामा नकारात्मक असर गर्नेतर्फ प्रसूति गृहका फिजिसियन डा. सुनिल शर्मा आचार्य बताउँछन्।
चिकित्सकका अनुसार यस्ता रसायन क्यान्सरजन्य तत्व समेत हुन्। यिनको प्रयोग गरेको खण्डमा व्यक्तिमा क्यान्सरको जोखिम हुने चिकित्सक बताउँछन्।
रङ्गमा औरामिन र रोडोमाइनजस्ता विषालु पदार्थ समेत हुनसक्छ।
त्यसो त प्रायः घरबाहिरै होली खेलिने भएकाले रङ्ग र घामको मिश्रित प्रभावका कारण छाला सुक्खा हुने, रुखो हुने, कालो हुनेजस्ता असर देखिनसक्ने चिकित्सक बताउँछन्।
कपालमा हुने विभिन्न किसिमका रोग भएको अवस्थामा बल्झिन सक्छ। छलामा रङ्गको नकारात्मक असरबाट बच्नका लागि होली खेल्नु आधा घण्टाअघि जैतुन, नरिवल, आलमोण्ड लगायतको तेल कपालमा लगाउन छालारोग विशेषज्ञले सुझाव दिएका छन्।
चिकित्सकका अनुसार चमकता ल्याउनका लागि रङ्गमा ‘स्बेस्ट्स’,‘सिलिका’ जस्ता धुलो बनाइएका सिसा समेत मिसाइन्छ।
त्यसैले यस्ता रङ्गको नियमित र अत्यधिक प्रयोग गरेको खण्डमा ‘क्यान्सर’, ‘अन्धोपन’को जोखिम समेत हुनसक्छ।
यसरी जोगिन सकिन्छ
चिकित्सकका अनुसार कृत्रिमरूप किसिमले तयार गरिएका रासायनिक रङ्गको असरले कपाल झर्ने तथा टुक्रिने क्रम बढ्न सक्छ।
रासायनिक रङ्गको प्रयोगले टाउकाको छालामा एलर्जी र संक्रमण हुन सक्छ।
कपालमा हुने विभिन्न किसिमका रोग भएको अवस्थामा बल्झिन सक्छ। छलामा रङ्गको नकारात्मक असरबाट बच्नका लागि होली खेल्नु आधा घण्टाअघि जैतुन, नरिवल, आलमोण्ड लगायतको तेल कपालमा लगाउन छालारोग विशेषज्ञले सुझाव दिएका छन्।
ओठमा समेत रङ्गले असर पुर्याउन सक्ने भएकाले लिपगार्डको प्रयोग गरेर होली खेल्न चिकित्सकको सुझाव छ।
त्यसैगरी होली खेलिसकेपछि तेल लगाएर नरम बनाएर तुरुन्तै नुहाएको खण्डमा छाला तथा कपालमा रङ्गले हुने असरबाट बच्न सकिने सिभिल अस्पतालका छाला तथा यौन रोग विशेषज्ञ डा. रवीन्द्र शर्माको सुझाव छ।
चिकित्सकका अनुसार होलीमा रङ्ग खेलिसकेपछि नुहाउँदा सकभर वासनाहीन साबुन तथा मोइस्चराइजरको प्रयोग गर्नु उचित हुन्छ।
चिकित्सकका अनुसार रङ्ग खेल्नुपूर्व नेल पेन्ट वा नेल भार्मिसको प्रयोग गर्नाले नङमा हुन सक्ने असरबाट बच्न सकिन्छ।
बालबालिकाको छाला कोमल हुने भएकाले बालबालिकामा रासायनिक रङ्गले बढी असर गर्नसक्छ।
होली खेल्दा शरीर ढाक्ने किसिमका कपडा लगाएको खण्डमा रङ्गको असरबाट बच्न सकिन्छ।
रङ्गको कारण एलर्जी भएको अवस्थामा छाला चिलाउने, पोल्नेजस्ता समस्या समस्या निम्तन सक्छन्। छाला फुस्रो तथा रातो हुने जोखिम हुन्छ।
छाला चिलाउने, छाला पोल्ने, छालाबाट पानी आउने, चर्याउने, छालामा मसिना बिमिरा आउने, डाबर देखिने, घाउ हुने जोखिम हुने चिकित्सक बताउँछन्।
छालामा डण्डिफोर, एलर्जी हुने व्यक्तिले रसायनयुक्त रङ्ग खेल्न नहुने चिकित्सकको सुझाव छ।
त्यसैगरी बालबालिकाको छाला कोमल हुने भएकाले बालबालिकामा रासायनिक रङ्गले बढी असर गर्नसक्छ।
फागुन २२, २०७९ सोमबार ११:४०:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।