थकाली समुदायको महान् पर्व तोरन्ल र फागु पूर्णिमाको अवसरमा मुख्यमन्त्री अधिकारीद्वारा शुभकामना व्यक्त

थकाली समुदायको महान् पर्व तोरन्ल र फागु पूर्णिमाको अवसरमा मुख्यमन्त्री अधिकारीद्वारा शुभकामना व्यक्त

पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले रङ्गहरूको पर्व फागु पूर्णिमा तथा थकाली समुदायको महान् पर्व तोरन्लको अवसरमा शुभकामना व्यक्त गरेका छन्। मुख्यमन्त्री अधिकारीले शुभकामना सन्देश दिँदै पर्वहरूले नेपाली समाजलाई एक सूत्रमा जोडेर आपसी सद्भाव, सहिष्णुता, प्रेम र भाइचाराको अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।

सन्देशमा भनिएको छ- ‘यस वर्षको फागु पूर्णिमा (होली पर्व) तथा तोरन्ल पर्वले नयाँ उमङ्ग एवम् हर्षोल्लास प्रदान गरोस् र सबै नेपालीबीचको एकता,सद्भाव र सहिष्णुतालाई अक्षुण्ण राख्ने उत्प्रेरणा हामी सबैमा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु।’

शुभकामना सन्देशमा उनले नेपालमा बसोबास गर्ने विभिन्न जात–जातिका आ–आफ्ना मौलिक जातीय, भाषिक, सांस्कृतिक र धार्मिक परम्परा राष्ट्रिय पहिचान भएको उल्लेख गरेका छन्। 

फागुन २२, २०७९ सोमबार १०:०६:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।