बुटवलका सुप्रिम र शिव शिखर सहकारीले कहिले फिर्ता गर्छन् बचतकर्ताको रकम ?

बुटवलका सुप्रिम र शिव शिखर सहकारीले कहिले फिर्ता गर्छन् बचतकर्ताको रकम ?

बुटवल: रुपन्देही सालझण्डीका राज सापकोटाले चौराहमा रहेको सुप्रिम सहकारी संस्थामा १५ लाख जम्मा गरेका थिए। उनले अहिलेसम्म आफ्नो रकम फिर्ता पाउन सकेका छैनन्।

सहकारी अध्यक्ष ओम गुरुङले रकम नतिर्नेलाई कालोसूचीमा राखेर लिलाम प्रक्रिया थालिएको तर सबै रकम एकैपटक दिने अवस्था नरहेको बताए। उनले सम्पत्ति सबै बिक्री गरेर भए पनि बचतकर्ताको रकम फिर्ता दिने बताए।

१८ प्रतिशत ब्याजसहित एक वर्षमा सबै रकम फिर्ता दिने सहमति भए पनि अहिले सहकारीले आफ्नो रकम नदिएको उनको भनाइ छ।

सापकोटा मात्र होइन, लामो समयदेखि बचतकर्ताहरूले रकम फिर्ता गर्न माग गरे पनि बुटवलका सहकारीहरू समस्याग्रस्त भएपछि बचत रकम फिर्ता भएको छैन। बचतकर्ताहरू दैनिकजसो सहकारीको ढोकामा आफ्नो रकम लिन पुगे पनि सहकारी सञ्चालकहरूले ‘पछि आउनुस, हामी तपाईंको रकम तिर्छौँ’ भन्ने रेडिमेड जवाफ दिएर फर्काउने गरेका छन्।

सुप्रिम सहकारी चाहिँ दशैंदेखि समस्याग्रस्त भएको हो। दशैं र तिहारमा आक्रोशित बचतकर्ताले सहकारी तोडफोड समेत गरेका थिए।

अहिले सहकारीले क्रमशः बचत रकम घटाइरहेको बताएको छ। सहकारीले रकम तिर्न नसक्ने ऋणीहरूको जग्गा लिलाम गरेरै भए पनि केही सदस्यहरूको रकम फिर्ता गरिरहेको बताएको छ।

सहकारी अध्यक्ष ओम गुरुङले रकम नतिर्नेलाई कालोसूचीमा राखेर लिलाम प्रक्रिया थालिएको तर सबै रकम एकैपटक दिने अवस्था नरहेको बताए। उनले सम्पत्ति सबै बिक्री गरेर भए पनि बचतकर्ताको रकम फिर्ता दिने बताए।

गोलपार्कका अर्जुन जीसी अहिले बचत रकम फिर्ता माग्न सहकारी आउने गरे पनि सहकारी बन्द हुँदा आफ्नो रकम नै नउठ्ने आशंका बढेको बताउँछन्। दैनिकजसो पसलबाट जम्मा गरेको करिब एक लाख बढी रकम लिन बाँकी रहेको र बारम्बार रकम फिर्ताका लागि सहकारी धाए पनि रकम फिर्ता नपाएको उनले गुनासो गरे।

काठमाडौंमा दर्ता भएर बुटवलको राजमार्ग चौराहमा कारोबार गर्दै आएको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाले गैरसदस्यलाई बिनाधितो ऋण प्रवाह गरी मापदण्डविपरीत आर्थिक कारोबार गर्दा समस्यामा परेको हो।

सुप्रिमले करिब ५० जना कर्मचारी परिचालन गरी रुपन्देही र कपिलवस्तुका मुख्य शहर र ग्रामिण क्षेत्रबाट दैनिक बचत सङ्कलन गर्दै आएको थियो। त्यसमध्ये करिब एक अर्ब २० करोड रुपैयाँ काठमाडौंका गैरसदस्यलाई बिनाधितो लगानी गरेको थियो।

त्यस्तै बुटवलको योगीकुटीमा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले पनि तीन महिनादेखि बचतकर्ताको रकम फिर्ता गरेको छैन। अहिले त सहकारी र डिपार्टमेन्टल स्टोर नै बन्द गरिएको छ।

गोलपार्कका अर्जुन जीसी अहिले बचत रकम फिर्ता माग्न सहकारी आउने गरे पनि सहकारी बन्द हुँदा आफ्नो रकम नै नउठ्ने आशंका बढेको बताउँछन्। दैनिकजसो पसलबाट जम्मा गरेको करिब एक लाख बढी रकम लिन बाँकी रहेको र बारम्बार रकम फिर्ताका लागि सहकारी धाए पनि रकम फिर्ता नपाएको उनले गुनासो गरे।

रकम फिर्ता माग्ने बचतकर्ताहरूको भीड लागेपछि सहकारीले माघ ७ गतेभित्र सबै रकम भुक्तानी गर्ने प्रतिबद्धता जनाएको थियो। तर, भुक्तानी गर्ने बेला भएपछि सहकारीका सञ्चालक र व्यवस्थापक सम्पर्कविहीन भएका छन्।

सहकारीले हालकै अवस्थामा रकम फिर्ता गर्न अप्ठयारो भएको र सम्पत्ति बिक्री गरेर भए पनि रकम फिर्ता गर्ने भन्दै सहकारीको भवनमा सूचना टाँसेको छ।

तर, बचतकर्ताहरूले भने सहकारी नै बन्द भइसकेकाले रकम फिर्ता हुनेमा आशंका गरिरहेका छन्।

भक्तपुरमा केन्द्रीय कार्यालय रहेको सहकारी २०६९ असोज २८ गते सहकारी विभागमा दर्ता भएको थियो। २०७८ साउन १९ मा व्यवसाय दर्ता गरेर सहकारीले बुटवलको योगीकुटीमा डिपार्टमेन्टल स्टोर सञ्चालन गरेको थियो।

रकम फिर्ता माग्ने बचतकर्ताहरूको भीड लागेपछि सहकारीले माघ ७ गतेभित्र सबै रकम भुक्तानी गर्ने प्रतिबद्धता जनाएको थियो। तर, भुक्तानी गर्ने बेला भएपछि सहकारीका सञ्चालक र व्यवस्थापक सम्पर्कविहीन भएका छन्।

त्यति मात्र होईन रुपन्देहीमा सञ्चालित कल्पवृक्ष, आगन्तुक, सार्थक स्टार लगायतका सहकारीमा पनि रकम अपचलनको समस्या आएको बताइएको छ।

रुपन्देही बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष वसन्तप्रसाद ढकालले सहकारीका नियमन निकायहरू सहकारीलाई नियमन गर्नु साटो अधिकार क्षेत्रभित्र नपर्ने भन्दै तर्किएपछि बचतकर्ताहरू थप सशंकित भएको बताए।

प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष टीकाराम पोखरेलले प्रदेशमा दर्ता नभई सञ्चालन भएका सहकारीहरूमा अपचलनको गुनासो आएको बताए।

उनले सहकारीलाई नियमन गर्न तीन वटै तहको समन्वय आवश्यक भएको समेत बताए।

सहकारीहरूले बचत रकम फिर्ता नगरेको, सम्झौता अनुसार ब्याज नदिएको गुनासो सहकारी सम्बन्ध संघसंस्थाहरूमा बचतकर्ताले गरिरहेका छन्।

रुपन्देहीका २८२ सहकारीहरू पछिल्लो समय मर्ज भएर २५६ वटा पुगेका छन् । लुम्बिनी प्रदेशमा दर्ता भएका ७६३ सहकारी छन्।
 

२१ फागुन, २०७९, ०९:४४:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।