रेष्टुरेन्टको छैटौं तलाबाट खसेर माधव नेपालको भाइकाे निधन

रेष्टुरेन्टको छैटौं तलाबाट खसेर माधव नेपालको भाइकाे निधन

काठमाडौं : एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका भाइ सरोज कुमार उपाध्याय (नेपाल)को निधन भएको छ।

समाजवादी पार्टीका केन्द्रीय सदस्य समेत रहेका उनको शंखमुलस्थित एक रेष्टुरेन्टको छैटौं तलाबाट खसेर निधन भएको हो।

सिभिल अस्पताल बानेश्वरमा सामान्य उपचारपछि अन्नपूर्ण न्यूरो अस्पताल पुर्याइए पनि अपरान्ह निधन भएको समाजवादीका उप-महासचिव डा.विजय पौडेलले जानकारी दिए।

उनको शव अहिले पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिँदै गरेको पौडेलले बताए। उनी खसेको वा हामफालेको भन्ने विषय खुलिनसकेको प्रहरीको भनाइ छ।

फागुन २०, २०७९ शनिबार २०:५४:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।