डुङ्गा दुर्घटनामा बेहोस भएकी वृद्धाको मृत्यु
पोखरा : फेवातालमा हावाहुरी चलेर डुङ्गा पल्टिँदा बेहोस भएकी वृद्धाको मृत्यु भएको छ।
शनिबार दिउँसो एक्कासी हावाहुरी चल्दा डुङ्गा पल्टिएर डुब्दा बेहोस भएकी पोखरा–१ बगर निवासी ७० वर्षीया वृद्धा याममाया गिरीको उपचारको क्रममा गण्डाकी मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ।
तालमा डुबेकी वृद्धाले पानी धेरै खाएकाले उनको मृत्यु भएको चिकित्सकको भनाइ उदृत गर्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिए।
‘वृद्धाको तत्कालै उद्धार गरी अस्पताल लगिए पनि बचाउन सकिएन,’ उनले भने, ‘पानी धेरै खाएकाले उनको मृत्यु भएको चिकित्सकले बताएका छन् अन्य कुरा पोष्टमार्टमपछि थाहा हुन्छ।’
डुङ्गामा सवार सबैले लाइफ ज्याकेट लगाए पनि वृद्धालाई डुङ्गाले च्यापेर पानीमा डुबेपकी थिइन्।
फागुन २०, २०७९ शनिबार १९:०४:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।