‘छड्के २’ समीक्षा: यत्तिको झुर फिल्म अब कहिल्यै नबनोस्

‘छड्के २’ समीक्षा: यत्तिको झुर फिल्म अब कहिल्यै नबनोस्

कुनै कोणबाट पनि फिल्म भन्नलायक नभएको फिल्म हो-  छड्के २.०। सुरुदेखि अन्त्यसम्म कुनै पनि दृश्य र संवादले दर्शकलाई बाँध्न सक्दैन।

कथा सार
मनाङमा यार्सागुम्बा टिपेर जीविका चलाउने परिवारमा जन्मिएको केटो हो मिङ (अनमोल केसीको पात्र जो फिल्ममा पछि मेनडग भनेर चिनिन्छ)। यार्सा टिप्न जाँदा रोयल मनाङ ग्याङका सामतेन समूहले लुटपाट मच्चाउँछ।

जसमा मिङका बुबाआमा लगायत गाउँलेहरूको मृत्यु हुन्छ। मिङ भागेर चितवन पुग्छ, त्यहाँ उसको भेट नटराजसँग हुन्छ। नटराज अर्को गुण्डा हो जो लागूऔषधको कारोबार गर्छ। 

नटराजले नै मिङको नाम मेनडग बनाउँछ र उसलाई ग्याङमा सामेल गर्छ।

अनमोलको लुक्स बाहेक अभिनय गतिलो छैन। तर मेहनत गरेको भने देखिन्छ। लभर ब्वाइबाट ग्याङस्टरमा फड्को मार्ने अनमोलको योजना भने सफल नभएकै मान्नुपर्छ। यो उनको करियरकै सबैभन्दा फितलो र कमजोर फिल्म हो भन्दा पनि फरक पर्दैन।

मेनडग ठूलो ग्याङ लिडर भइसकेपछि कथा सुरु हुन्छ। उसको उद्देश्य जसरी पनि बाआमाको हत्या गर्ने सामतेनलाई मार्ने  हुन्छ।

मेनडगको ग्याङमा फिलिप नेपाली, पपुलर र याङ्की छन्। याङ्की मेनडगको गर्लफ्रेन्ड हो।

यता, रोयल मनाङ ग्याङमा सामतेन बुढो भइसकेको हुन्छ। ग्याङको जिम्मा सामतेनको भान्जा खजुरेले लिन्छ।

चितवन र मनाङमा छायाङ्कन गरिएको फिल्म रोयल मनाङ ग्याङ र ग्रीन ग्याङको यार्सागुम्बा पाउन गरेको लडाइँ हो। 

अभिनय
अनमोलको लुक्स बाहेक अभिनय गतिलो छैन। तर मेहनत गरेको भने देखिन्छ। लभर ब्वाइबाट ग्याङस्टरमा फड्को मार्ने अनमोलको योजना भने सफल नभएकै मान्नुपर्छ। यो उनको करियरकै सबैभन्दा फितलो र कमजोर फिल्म हो भन्दा पनि फरक पर्दैन।

सिर्जना सुब्बाको अभिनय राम्रो भए पनि उनलाई धेरै फोकस गरिएको छैन। कमलमणि नेपालको पनि प्रशंसायोग्य अभिनय छैन। 

फिल्मको लेखन, निर्देशन गरेर अभिनय समेत गर्न भ्याएका निगम श्रेष्ठको अभिनय केही हेर्नलायक त छ, तर सौगात मल्लको लप्पन छप्पनबाट कपी-पेस्ट गरिएको बुझ्न गाह्रो पर्दैन।

फिल्मको एक मात्र सकारात्मक पाटो यसको लोकेसन सेलेक्शन हो। त्यसमा पनि प्रस्तुतिमा चिप्लिँदा फिल्मको स्तर पूरै गिरेको छ।

फिल्मको सबैभन्दा कमजोर पक्ष यसको विषयवस्तु नै राम्रोसँग प्रस्तुत भएको छैन।

फिल्मका अधिकांश संवादमा अडियो सेन्सर लगाउनुपरेको छ। न गीतको प्रयोग राम्रो छ, न छायाङ्कन नै। 

द्वन्द्वको दृश्य पनि यति फितलो छ कि, मोबाइल गेमको फाइट बरू यो भन्दा उत्कृष्ट छ।

अलिकति सकारात्मक पाटो
फिल्मको एक मात्र सकारात्मक पाटो यसको लोकेसन सेलेक्शन हो। त्यसमा पनि प्रस्तुतिमा चिप्लिँदा फिल्मको स्तर पूरै गिरेको छ।

नेपालमा सायदै पहिलो पटक नदीमा ग्याङ फाइट भएको फिल्म यही हो। समुद्रको झल्को दिने गरेर नारायणी नदीलाई प्रयोग गरिएको छ।

क्रुज (पानीजहाज) उद्घाटनको समयमा रोयल मनाङ ग्याङ र ग्रीन ग्याङको फाइट हुन्छ, नारायणी नदीमा। कुज्र बग्दैन तर रोयल मनाङ ग्याङ मास्क लगाएर फोर्सका साथ लड्छन्।

बाइक चल्दा हवाईजहाजको आवाज हालिएको छ। चर्को सङ्गीत चाहिने ठाउँमा मधुरो गरिएको छ, मधुरो चाहिने ठाउँमा चर्को।

सामान्य मानिसले समेत रोकिएको क्रुज र तीव्र गतिमा बगिरहेको ‘बोट फाइट’को अर्थ फेला पार्दैनन्।

बाइक चलेको दृश्यमा हवाईजहाजको आवाज
क्लाइमेक्स फाइट मनाङमा हुन्छ। गोली हानाहान हुँदा मैदानमा ठूला-ठूला ढुङ्गा थुपारिएको हुन्छ। तर, खुकुरीको लडाइँ तराई जस्तो फाँटमा हुन्छ।

पुराना फिल्ममा तराईमा झगडा भएको दृश्यमा गोली हान्न चाहिँ काठमाडौं पुगे जस्तै यो फिल्ममा यस्तो त्रुटी छ।

फिल्ममा न पटकथा गतिलो छ, न ब्याकग्राउण्ड म्युजिक नै। 

बाइक चल्दा हवाईजहाजको आवाज हालिएको छ। चर्को सङ्गीत चाहिने ठाउँमा मधुरो गरिएको छ, मधुरो चाहिने ठाउँमा चर्को।

फिल्मको अन्त्य यति झुर छ कि, त्यसको कुरै नगरौँ। यार्सागुम्बा सुरुमा सक्कली थियो, तर फिर्ता गर्दा नक्कली हुन्छ। तर कसले साट्यो, कसले छड्के हान्यो त्यसको उत्तर फिल्ममा देखाइएको छैन।

फिल्मको कटिङमा सबैभन्दा धेरै समस्या छ। फिलिप नेपाली किन त्यो ग्याङमा छ यसको जवाफ छैन। याङ्कीको असुहाउँदो अभिनय लगायत बिझाउने कुरा मात्रै फिल्मभर छ।

एक दृष्यबाट अर्को दृष्यको कनेक्सन छैन। जे पायो त्यहि फुटेज जता पायो त्यतै जोडिएको छ।

फिल्मको अन्त्यमा एक पास्टरले दुई भारतीय नागरिकलाई चर्चमा विवाह गराइदिएको दृश्य छ। त्यो दृश्य किन त्यहाँ राखियो पत्तो छैन। फिल्मभर चाहिँ हिन्दू धर्मको प्रचार गरिएको छ।

फिल्मको अन्त्य यति झुर छ कि, त्यसको कुरै नगरौँ। यार्सागुम्बा सुरुमा सक्कली थियो, तर फिर्ता गर्दा नक्कली हुन्छ। तर कसले साट्यो, कसले छड्के हान्यो त्यसको उत्तर फिल्ममा देखाइएको छैन।

इतिहास शिरोमणि बाबुराम आचार्यको एउटा किताबको नाम छ- अब यस्तो कहिल्यै नहोस्। छड्केको यो भाग हेरेपछि पनि यस्तै लाग्छ- यत्तिको झुर फिल्म अब कहिल्यै नबनोस्।

फिल्म एक घण्टा ४० मिनेटको छ, तर फिल्मभित्र केही छैन। फिल्म सुरु कहाँबाट भयो र अन्त्य कसरी हुन्छ केही तालमेल छैन।

“मेनडग होइन भ्यागुते”
फिल्ममा अनमोल केसीको एउटा डायलग छ- “भ्यागुता होइन नि त मेनडग भन् मेनडग।” मेनडगलाई ‘भ्यागुते’ भनेको मन पर्दैन। तर, छड्के २.० चाहिँ मेनडग होइन भ्यागुते नै हो। “माछा-माछा भ्यागुतो” नै हो। 

ट्रेलरमा जेजति देखियो त्यति नै हो फिल्म। अर्थोक केही छैन।

इतिहास शिरोमणि बाबुराम आचार्यको एउटा किताबको नाम छ- अब यस्तो कहिल्यै नहोस्। छड्केको यो भाग हेरेपछि बाबुराम आचार्यकै भाषामा भन्न मन लाग्छ- यत्तिको झुर फिल्म अब कहिल्यै नबनोस्।

फागुन २०, २०७९ शनिबार १६:१४:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।