जसपाका १५२ नेतासँग बयान लिइयो, ८० जनालाई कारबाहीको सिफारिस

जसपाका १५२ नेतासँग बयान लिइयो, ८० जनालाई कारबाहीको सिफारिस

काठमाडौं : जनता समाजवादी पार्टी, नेपालले गठन गरेको छानबिन समितिले १५२ नेतासँग बयान लिएको छ।

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा अन्तर्घातको आरोप लागेका १५२ जनामाथि बयान लिइएको हो।

शनिबार बालकुमारीमा औपचारिक कार्यक्रम गरी समितिले अध्यक्ष उपेन्द्र यादवलाई बुझाएको प्रतिवेदनमा बयान लिइएकामध्ये केन्द्रीय तहका ४८ जना, प्रदेश समितिका २२ जना र स्थानीय तहका ८२ नेता रहेकाे उल्लेख गरिएको छ।

जसमध्ये ८० जनालाई कारबाहीको सिफारिस गरिएको प्रचार विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

समितिले पाँचथर, सुनसरी, मोरङ, सप्तरी, सिराहा, महोत्तरी, धनुषा, सर्लाही, मकवानपुर, धादिङ, काभ्रे, बर्दिया, सुर्खेत, कैलाली जिल्लामा पुगेर स्थलगत प्रतिवेदन तयार पारेको हो।

गैरभौगोलिक विशेष प्रदेश समितिका सदस्य पनि कारबाहीको लागि सिफारिस गरिएको छ।

शिवलाल थापा नेतृत्वको छानबिन समितिले आफूले जिम्मेवारी पाएको ४९औं दिनमा प्रतिवेदन बुझाएको हो।

फागुन २०, २०७९ शनिबार १५:५१:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।