राम्रो गर्न खोज्दा पनि एमालेमाथि सबैतिरबाट प्रहार भयो : ओली

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले राम्रो गर्न खोज्दा पनि आफ्नो पार्टीमाथि सबैतिरबाट प्रहार भइरहेको टिप्पणी गरेका छन्।
शनिबार भक्तपुरमा आयोजित एमाले निकट वुद्धिजीवि परिषद् केन्द्रीय समिति बैठकमा बोल्दै ओलीले राम्रो गर्न खोज्ने एमालेमाथि सबैतिरबाट प्रहार केन्द्रित हुनु मुलुकका लागि दुर्भाग्य भएको बताए।
जनतालाई भ्रममा पार्न सफल शक्तिले अहिले पनि सत्ताकब्जा गरिरहेको बताउँदै उनले त्यसबाट मुक्त पार्ने काममा लाग्न पार्टी निकट वुद्धिजीविलाई आग्रह समेत गरे।
अध्यक्ष ओलीले जनतालाई अलमल्याउने, दिग्भ्रमित पार्ने र पथभ्रष्ट बनाउने तत्वहरुबाट जनतालाई मुक्त गराउन वुद्धिजीविहरूले विगुल फुक्नुपर्ने जरुरी रहेको बताए।
गलत बाटोमा जान नदिने, सही बाटोमा जान्छु भन्ने बनाउने काम पनि वाैद्धिक क्षेत्रको भएको भन्दै चेतना स्तरमाथि उठाउने काममा वुद्धिजीविले ध्यान दिनुपर्ने उनकाे भनाइ थियो।
फागुन २०, २०७९ शनिबार १४:५५:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।