तेलको पाइपलाइन विस्फोट हुँदा नाइजेरियामा १२ जनाको मृत्यु

तेलको पाइपलाइन विस्फोट हुँदा नाइजेरियामा १२ जनाको मृत्यु

एजेन्सी: नाइजेरियाको दक्षिणी राज्य रिभर्समा तेलको पाइपलाइन विस्फोट हुँदा शुक्रबार बिहान कम्तीमा १२ जनाको मृत्यु भएको छ। स्थानीयहरूले पाइपलाइनबाट तेल निकाल्ने क्रममा विस्फोट भएको रिभर्सका प्रहरी प्रवक्ता ग्रेस इरिन्गे कोकोले विज्ञप्ति जारी गर्दै उल्लेख गरेका छन्।

पीडितहरूको परिचय भने खुल्न सकेको छैन। यसैबीच स्थानीयले पाइपलाइनबाट इन्धन निकाल्न प्रयोग गर्ने पाँच वटा सवारी साधन र चार वटा ट्राइसाइकल जलेर खरानी भएको पनि प्रहरी प्रवक्ताले बताए।

शुक्रबार बिहानै पाइपलाइनबाट सिफन गरिएको कच्चा तेलले भरिएको बस सो क्षेत्रको अवैध रिफाइनिङ प्वाइन्टतर्फ जाने क्रममा आगोमा परेको थियो र दुर्घटना भएको थियो।

नाइजेरियामा तेलका पाइपलाइन तोडफोड र तेल चोरी बारम्बार दोहोरिरहने घटना हुन्। 

फागुन २०, २०७९ शनिबार १३:५९:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।