छक्का पञ्जा ४ : अगाडिको तीन शृङ्खलाभन्दा राम्रो तर सुधार गर्नुपर्ने ठाउँ प्रशस्तै

छक्का पञ्जा ४ : अगाडिको तीन शृङ्खलाभन्दा राम्रो तर सुधार गर्नुपर्ने ठाउँ प्रशस्तै

विभिन्न सामाजिक बेथितिहरूमा केन्द्रित रहेर छक्का पञ्जा सिरिजले कथा भनिरहेको छ। यद्यपि यसलाई ‘फिल्म’को विधामा राख्ने कि ‘टेलिफिल्म’ भन्ने विवाद यथावतै छ।

अहिले हलमा लागिरहेको छक्का पञ्जा ४ मा कसरी एक मिटरब्याजी गुण्डा शक्तिमा पुग्छ, कसरी जनताको मन जित्छ र शासन गर्छ भन्ने कथा प्रस्तुत गरिएको छ।

निर्माण टोलीले भने दर्शकको मनोविज्ञानलाई बुझेर समाज र राजनीतिक पाटोमा चोटिलो व्यङ्ग्य भने गरिरहेका छन्।

छक्का पञ्जा ४ मा त्यस्तै राजनीतिक विकृतिलाई व्यङ्ग्य गरिएको छ।

दीपाश्री निरौलाको डेब्यू निर्देशन भएको फिल्म छक्का पञ्जाको पहिलो भागमा वैदेशिक रोजगारीले निम्त्याएको सामाजिक समस्या, त्यसले निम्त्याएको विकृति बिसङ्गतिको कथा छ। छक्का पञ्जा २ मा डिपेन्डेन्टमा विदेश जान गरिने सङ्घर्षको कथा छ। “एनिहाउ विदेश जाऊ” भन्ने धारणा बोकेका युवापुस्ताको छक्का पञ्जाबारे फिल्ममा भनिएको छ।

हेड मास्टरको नियन्त्रणमा नभएको एक सरकारी विद्यालय र त्यसमा भएको राजनीतिको विषयमा छक्का पञ्जा ३ बनेको छ। र, अहिले हलमा लागिरहेको छक्का पञ्जा ४ मा कसरी एक मिटरब्याजी गुण्डा शक्तिमा पुग्छ, कसरी जनताको मन जित्छ र शासन गर्छ भन्ने कथा प्रस्तुत गरिएको छ।

यी चार शृङ्खलालाई तुलना गर्ने हो भने सबैभन्दा अब्बल चौथो नै हो।

सबल पक्ष
छक्का पञ्जा ४ को सबल पक्षको कुरा गर्दा, फिल्ममा वर्तमान राजनीतिक विकृति, नातावाद, राजनीतिक शक्तिको दुरुपयोग र दुर्बल कानूनलाई तिखो व्यङ्ग्य हानिएको छ।

उनीहरूको यही कारण जनताका प्रिय बनेका छन्। यिनै हर्क, बालेन र रविहरूको प्रतिनिधि पात्र हो छक्का पञ्जा ४ को नायक ‘राजा’। 

कर्मचारीतन्त्र, कर्मचारीका युनियनले बिगारेको प्रणाली लगायतका गम्भीर विषयलाई उठान गरिएको छ। फिल्मले दर्शकको मनोभाव बुझेको प्रष्ट हुन्छ।

बलिउड फिल्म ‘नायक’मा अनिल कपूरले एक दिनमा गरेको कायपलट असम्भव थियो तर फिल्ममा दर्शकले रुचाए। त्यही फिल्मको कथाजस्तै नेपाली राजनीतिमा एक समय बालेन्द्र साह, हर्क साम्पाङ र रवि लामिछाने जस्ता अनिल कपूरहरू उदाएको ठानियो। अपराधबाट राजनीतिमा उदाय दीपक मनााङे।

सस्तो वाहवाहीका लागि कसैले कानून मिचेर डोजर लिएर मैदानमा उत्रिए, कोही मिडियाको शक्ति दुरुपयोग गरेर न्यायाधीश झैँ बने त कोही कुरा हैन काम गर्ने भन्दै ढुङ्गा बोक्न तम्सिए। 

उनीहरूको यही कारण जनताका प्रिय बनेका छन्। यिनै आपराधिक पृष्ठभूमिबाट राजनीतिमा आएर प्रदेश मन्त्री बनेका दीपक मनाङे, स्वतन्त्र मेयर हर्क साम्पाङ, बालेन र रविहरूको प्रतिनिधि पात्र हो छक्का पञ्जा ४ को नायक ‘राजा’। 

विवादित पृष्ठभूमिबाट राजनीति प्रवेश गरेको राजा सरकारी कर्मचारीलाई कार्यालयमा झापड हान्छन्। कानून अटेर गर्छन्। उनले मन्त्रीहुँदा कर्मचारी थुन्ने मात्रिका यादवको झल्को पनि दिन्छन्।

फिल्ममा कर्मचारीको ढिलासुस्ती, लापरवाही, राजनीति गन्हाएको युनियन लगायतका विषयमा प्रश्न उठाइएको छ। जुन तारिफयोग्य छ।

फिल्ममा साइबर सेनाका बारेमा समेत उल्लेख छ, जुन यतिबेला वास्तविकरूपमै गम्भीर विषय हो। 

फिल्ममा दुई वटा गीत छन्। गीतका कारण कथा प्रवाहमा समस्या आएको छैन। तर, दुवै गीतहरू यदि हटाउने हो भने पनि कुनै फरक पर्दैन। 

चर्चित राजनीतिक नायकहरूबारे सामाजिक सञ्जालमा कसैले नराम्रो टीकाटिप्पणी गर्नासाथ साइबर सेनाले गर्ने चरित्रहत्या, नकारात्मक गाली र धम्कीका बारेमा पनि फिल्मले विषय उठाएको छ। 

मिडिया आर्थिक प्रलोभनमा आए कसरी ‘वाच डग’बाट ‘ल्याप डग’ हुन्छ भन्ने पनि देखाइएको छ।

अभिनय
फिल्ममा कलाकारको अभिनय मौलिक छ। दीपकराज गिरी, केदार घिमिरे र बुद्धि तामाङले फिल्म धानेका छन्। 

तर नायिकाहरू बेनिसा हमाल र दीपाश्री निरौलाको भूमिका ‘वाह’ भन्ने छैन।

यो सिरिजमा म्युजिक भिडियोमा मात्रै अटाएकी स्वस्तिमा खड्काले आफ्नो कामलाई न्याय दिएकी छन्।

अरू पक्ष
फिल्ममा दुई वटा गीत छन्। गीतका कारण कथा प्रवाहमा समस्या आएको छैन। तर, दुवै गीतहरू यदि हटाउने हो भने पनि कुनै फरक पर्दैन। 

ब्याकग्राउण्ड म्युजिकको काम मध्यम छ। केही ठाउँमा ब्याकग्राउण्ड म्युजिकले दृष्यलाई शक्तिशाली बनाए पनि केही ठाउँमा भने कमजोरी भेटिन्छ।

फिल्मको कमजोर पक्षका बारेमा कुरा गर्दा, यसले भाषाको प्रयोगमा निकै लापरवाही गरेको छ। राजा सानो हुँदा शुद्ध नेपाली बोल्छ। ठूलो भएपछि सुदूरपश्चिमको टोनमा बोल्छ।

फिल्मको संवाद लेखन पेचिलो छ। विविध समस्यामा पिल्सिएका दर्शकले हरेक संवादमा अपनत्व महसुस गर्छन्। 

फिल्मको विषयवस्तु यसको सबैभन्दा अब्बल पाटो हो। कानूनभन्दा सामाजिक सञ्जालले बनाइदिएको एक व्यक्तिको शक्तिलाई मुख्य विषय बनाइएको छ। उसको नक्कली छवीको शक्ती देखाइएको छ।

फिल्मको प्राविधिक पाटो म्याच कट, कलरिङ लगायतमा राम्रो काम भएको छ। छायाङ्कन राम्रेै छ तर नौलो छैन।

कमजोर पक्ष
फिल्मको कमजोर पक्षका बारेमा कुरा गर्दा, यसले भाषाको प्रयोगमा निकै लापरवाही गरेको छ। राजा सानो हुँदा शुद्ध नेपाली बोल्छ। ठूलो भएपछि सुदूरपश्चिमको टोनमा बोल्छ।

कहिले आइस्योस्, गइबक्योस् भन्छ त कहिले आउन्या हो, जान्या हो भन्छ। 

संस्कृत भाषालाई पनि उस्तै बिगारिएको छ। नीर शाहले दिएको न्यारेशन गज्जबको छ। तर उनको डाइलग डेलिभरीमा समस्या छ।

अझै राजाको महारानी (दीपाश्री निरौला)ले हुनेवाला बुहारीले ‘हजुर भन्न पर्ने होला’ भन्ने प्रश्न गर्दा ‘म पनि अर्कै जातबाट आएको र हजुर भन्न समय लागेको’ बताउँछिन्।

बेनिसा हमालले निर्वाह गरेको भूमिकामा पनि समस्या छ। उनी इमान्दार र स्वतन्त्र पत्रकार हुन्। तर, स्वतन्त्र त असनको साँढे मात्रै हो भनेर महिनाको १० लाख दिने भन्नासाथ नेताको पछि लागिहाल्छिन्।

यसरी हेर्दा फिल्मले भाषा नजानेर होइन, जानीजानी बिगारेको प्रष्ट हुन्छ।

हास्यव्यङ्ग्य क्षेत्रका कलाकारलाई अरूको भाषाको टोनलाई मजाक बनाएको आरोप लाग्ने गरेको छ। सुदूरपश्चिमको टोनमा मजाक गरेर भाषामै गरिएको छेडखानी यो फिल्मको पनि गम्भीर कमजोर पक्ष हो।

यदि उतैको भाषा प्रयोग गर्ने हो भने त्यसका लागि निर्देशक तथा कलाकारले थप अध्ययन गर्न आवश्यक छ।

पात्रहरूको चरित्र लेखनमा समस्या छ। केदार घिमिरेले निर्वाह गरेको चरित्र दोधारे छ। संस्कार र संस्कृतिको कुरा गर्छ, पार्टीको झोला बोक्दिनँ भन्छ, तर तुरुन्तै नचिनेको खराब भन्दा चिनेको खराब ठीक भनेर नेताको पछि हिँड्छ।

बेनिसा हमालले निर्वाह गरेको भूमिकामा पनि समस्या छ। उनी इमान्दार र स्वतन्त्र पत्रकार हुन्। तर, स्वतन्त्र त असनको साँढे मात्रै हो भनेर महिनाको १० लाख दिने भन्नासाथ नेताको पछि लागिहाल्छिन्। 

सुरुमा त्यत्तिको घमण्ड र निडर देखाएको पात्र छिट्टै परिवर्तन हुँदा दर्शकलाई असहज लाग्छ। 

राज आचार्यको भूमिका राम्रोसँग लेखिएको छैन। यहाँ उल्लेख भएका बाहेक अन्य पात्रहरू अनावश्यक छन्।

महिला कमजोर भन्ने भाष्य यसमा पनि
छक्का पञ्जा सिरिजका चार वटै फिल्ममा महिलाको चरित्र लेखन निकै फितलो छ। यो कमजोरी अहिलेको फिल्ममा पनि दोहोरिएको छ।

तर सकारात्मक पक्ष, अहिलेको शृङ्खलामा महिलालाई हासोको पात्र भने बनाइएको छैन। दुईअर्थी हसाउने दृष्य र संवादको प्रयोग भने प्रशस्तै छ।

पहिलोमा वैदेशिक रोजगारीमा गएका श्रीमान्का श्रीमतीहरूलाई अन्य पुरुषसँग सम्बन्ध बनाउने तरिकाले प्रस्तुत गरिएको छ। ​​

दोस्रोमा महिलाहरू विदेश जान नक्कली विवाह गर्न समेत तयार हुन्छन्, पीआर भएको केटो भनेपछि बूढासँग पनि विहे गर्छन् भन्ने भाष्य निर्माण गरिएको छ। 

तेस्रोमा पनि उस्तै समस्या छ। र, अहिले त झनै महिलाको चरित्र लेखन खत्तम नै छ।

तर सकारात्मक पक्ष, अहिलेको शृङ्खलामा महिलालाई हासोको पात्र भने बनाइएको छैन। दुईअर्थी हसाउने दृष्य र संवादको प्रयोग भने प्रशस्तै छ।

२० फागुन, २०७९, १३:३०:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।