सिद्धबाबामा सुरुङमार्ग : डिजाइनको काम सकियो, डाइभर्सन निर्माण थालियो

सिद्धबाबामा सुरुङमार्ग : डिजाइनको काम सकियो, डाइभर्सन निर्माण थालियो

बुटवल: मृत्यु मार्गका रूपमा परिचित छ- सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड अन्तर्गत पर्ने सिद्धबाबा क्षेत्र। वर्षा र हिउँदमा बर्सेनि यहाँ जाने पहिरोमा परी धेरैले ज्यान गुमाउने गरेका छन्। 

यसैको निराकरणका लागि भन्दै हाल राजमार्गको यस क्षेत्रमा सुरुङमार्ग निर्माण गर्ने पूर्वतयारी थालिएको छ।

सिद्धबाबा क्षेत्रमा एक हजार १२६ मिटर लम्बाइको सुरुङमार्ग बन्नेछ भने जोखिमयुक्त ठाउँमा प्यानल निर्माण हुने बताइएको छ। 

एमालेका उपाध्यक्ष तथा रुपन्देही- २ का सांसद विष्णु पौडेलको अग्रसरतामा बहुप्रतीक्षित सिद्धबाबा सुरुङमार्गको ‘ग्लोबल टेन्डर’ भएको थियो। अहिले डिजाइनको काम सकिएर डाइभर्सनको काम भइरहेको छ।

सुरुङमार्गको काम हेर्ने डिभिजन सडक कार्यालय (बुटवल)का प्रमुख होमबहादुर एसीले अहिले बिहान र राति बुटवल–झुम्सा सडक बन्द गरेर मुख्य काम सुरु गर्नुअघि डाइभर्सन निर्माण भइरहेको बताए।

उनका अनुसार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र राति १० बजेदेखि बिहान ३ बजेसम्म उक्त सडकखण्ड अन्तर्गतको हेडबक्समा डाइभर्सनको काम भइरहेको छ।

सिद्धबाबा क्षेत्रमा एक हजार १२६ मिटर लम्बाइको सुरुङमार्ग बन्नेछ भने जोखिमयुक्त ठाउँमा प्यानल निर्माण हुने बताइएको छ। 

सुरुङमार्गको बीचमा तीन वटा एक्जिट अर्थात् बाहिर निस्कने द्वार समेत बन्नेछ।

सिद्धबाबा क्षेत्रमा यसअघि पहिरो र जोखिम रोक्न विभिन्न विकल्प अगाडि सारिए पनि सफल नभएपछि सुरुङ मार्गको योजना अघि बढेको हो।  यसअघि जोखिमयुक्त क्षेत्रमा करोडौँ खर्च गरेर ‘रकसेट’ र ‘हाफ टनेल’ बेन्च कट लगायतका ६ विकल्प प्रयोग गरिएको थियो।

अहिले निर्माण क्षेत्रमा ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनले कम्पनीले कार्यालय स्थापना गरेर काम सुरु गरेको छ। 

कार्यालय स्थापना गर्नुअघि विद्युत् लाइन विस्तारको काम भइसकेको थियो।

सुरुङमार्ग तिनाउँ गाउँपालिका वडा नं. २ सिद्धबाबामा रहेको सिद्धबाबा मन्दिरको उत्तरतर्फबाट सुरु भई दोभान नजिकै रामापिथेकस पार्क अर्थात् हेडबक्ससम्म बन्नेछ।

सात अर्ब ३४ करोड २१ लाख लागत अनुमान गरिएको सुरुङमार्ग स्विस सरकारको विकास सहयोगमार्फत निर्माणका लागि भौगर्भिक अध्ययन (जियोलोजिकल सर्भे) गरिएको थियो। 

सुरुङमार्ग पाँच वर्षभित्र बन्ने गरी ठेक्का गरिएको छ। ठेक्का लगाएको एक वर्ष पूरा भएको छ।

डिभिजन प्रमुख एसीले सुरुङमार्ग निर्माणका लागि डीपीआरको काम सकेर सडक विभागमा पेश भएको बताए। उनले डीपीआर परीक्षण गरी सरकारले स्वीकृत गरेपछि सुरुङमार्गको मुख्य निर्माण सुरु हुने बताए।

सिद्धबाबा क्षेत्रमा यसअघि पहिरो र जोखिम रोक्न विभिन्न विकल्प अगाडि सारिए पनि सफल नभएपछि सुरुङ मार्गको योजना अघि बढेको हो।  यसअघि जोखिमयुक्त क्षेत्रमा करोडौँ खर्च गरेर ‘रकसेट’ र ‘हाफ टनेल’ बेन्च कट लगायतका ६ विकल्प प्रयोग गरिएको थियो।

‘म अर्थमन्त्री हुँदा यसको लागत अनुमान बराबरको रकम सुनिश्चितता गरिसकिएको छ। अब निर्माणको काम गुणस्तरीय र समयमै सम्पन्न गराउन समन्वयको भूमिका निर्वाह गर्नेछु’, उनले भने।

विस २०१८ सालदेखि खन्न सुरू गरेको बुटवल–पाल्पा सडकमा २०२८ सालदेखि सवारीसाधनको आवागमन हुन थालेको थियो। 

अहिले दैनिक दुई हजारभन्दा बढी सवारीसाधन यो राजमार्ग हुँदै गुड्छन्। धेरैजसो यो राजमार्ग हुँदै पाल्पा, स्याङ्जा, गुल्मी, पोखरा, बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङ र अर्घाखाँची आवतजावत गर्छन्।

पूर्व अर्थमन्त्री भन्छन्– बजेटको अभाव हुन दिन्नँ
एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले ड्रिम प्रोजेक्टका रूपमा रहेको सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि बजेटको अभाव हुन नदिने बताए।

उनले सुरुङमार्गको मुख्य काम सुरु भएपछि यसलाई छिटो सम्पन्न गराउन र बजेट अभाव हुन नदिन आफू लागिपर्ने बताए।

‘म अर्थमन्त्री हुँदा यसको लागत अनुमान बराबरको रकम सुनिश्चितता गरिसकिएको छ। अब निर्माणको काम गुणस्तरीय र समयमै सम्पन्न गराउन समन्वयको भूमिका निर्वाह गर्नेछु’, उनले भने।

सिद्धबाबाको धर्मशाला हट्ने
सुरुङमार्गको कारण तिनाउ गाउंपालिका वडा नं. ३ मा रहेको सिद्धबाबा मन्दिर क्षेत्रको धर्मशालालाई भने हटाउनुपर्ने भएको छ।

‘मन्दिर नै अन्यत्र सार्ने हल्ला समेत चल्यो। तर त्यो होइन। मन्दिरलाई नै जोगाउने गरी धर्मशालाको केही भाग हटाउनुपर्ने भएको छ’, उनले भने।

सिद्धबाबा मन्दिरलाई जोगाउने गरी सुरुङमार्गको डिजाइन बनेको र धर्मशालालाई हटाएर त्यहाँ डाइभर्सन बनाइने बताइएको छ।

सिद्धबाबा मन्दिर विकास समितिका अध्यक्ष सन्तोषकुमार शेचरनले धर्मशालाको केही भाग हट्ने भए पनि मन्दिर भने त्यही नै रहने चिनियाँ प्राविधिकको टोलीले आफूहरूलाई बताएको सुनाए।

‘मन्दिर नै अन्यत्र सार्ने हल्ला समेत चल्यो। तर त्यो होइन। मन्दिरलाई नै जोगाउने गरी धर्मशालाको केही भाग हटाउनुपर्ने भएको छ’, उनले भने।

धर्मशाला पनि कहिले हटाउनुपर्ने भन्ने बारे ठेकेदार कम्पनीबाट आधिकारिक पत्र आफूहरूलाई नआएको उनले बताए।

चुरे क्षेत्रको घना जङ्गलमा प्रारम्भिक वातावरणीय परीक्षण समेत नगरी सोझै डोजर लगाएर ट्रयाक खोलिँदा यहाँ अत्यधिक पहिरो खस्ने समस्या हुँदा चार महिना मात्र यो सडक प्रयोगमा आउने गरेको छ।

सुरुङमार्ग सुरुआत हुने विन्दुबाट सवारी साधन आवागमनलाई डाइभर्ट गर्न राजमार्गको बायाँतिर रहेका व्यावसायिक सटरसहित धर्मशालाको केही भाग हटाउनुपर्ने उनले बताए।

वैकल्पिक सडक सुस्त गतिमा
प्रदेश सरकारले सिद्धबाबाको विकल्पमा नयाँ सडक योजना अघि बढाएको थियो। सिद्धबाबा–दोभान खण्डको वैकल्पिक मार्गका रूपमा पाँच वर्षअघि झुम्सा–चरङ्गे सडक निर्माण सुरु गरे पनि यो सडकमा बढीमा चार महिना मात्र सवारी गुड्न सक्छ। 

४० करोड बढी रकम खर्च भइसकेको यो सडक प्रदेश सरकारको गौरवको आयोजना हो। पाल्पाको तिनाउ गाउँपालिका– ३, झुम्सादेखि चौकी भञ्याङबाट चरङ्गे हुँदै महेन्द्र राजमार्ग जोड्न वैकल्पिक मार्गको नयाँ ट्रयाक खोल्न सुरु गरिएको थियो।

चुरे क्षेत्रको घना जङ्गलमा प्रारम्भिक वातावरणीय परीक्षण समेत नगरी सोझै डोजर लगाएर ट्रयाक खोलिँदा यहाँ अत्यधिक पहिरो खस्ने समस्या हुँदा चार महिना मात्र यो सडक प्रयोगमा आउने गरेको छ।

झुम्सादेखि चौकी भञ्ज्याङसम्मको सात किलोमिटर क्षेत्रमा सवारी साधन गुडे पनि चौकी भञ्ज्याङदेखि चरङ्गेसम्मको आठ किलोमिटर सडक कन्तबिजोग छ।
 

फागुन २०, २०७९ शनिबार ०८:११:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।