श्रीलङ्कामा ४८ प्रतिशत महिलामा मोटोपना

श्रीलङ्कामा ४८ प्रतिशत महिलामा मोटोपना

एजेन्सी: श्रीलङ्कामा पछिल्लो समय अधिक तौल र मोटोपनको समस्यामा उल्लेख्य वृद्धि भएको छ। बुधबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका नसर्ने रोग एकाइका सामुदायिक औषधि विशेषज्ञ शान्ति गुणवर्द्धनाले तौल बढी भएका व्यक्तिलाई नसर्ने रोग लाग्ने खतरा बढी हुने बताएका छन्।​

उनका अनुसार सन् २०१५ मा श्रीलङ्काका २२.५ प्रतिशत पुरुष बढी तौल र मोटो भएको पाइएकामा सन् २०२१ को सर्वेक्षणअनुसार सोको प्रतिशत बढेर ३० प्रतिशत पुगेको छ।

यसैगरी सन् २०१५ मा ३४ प्रतिशत श्रीलङ्काली महिला अत्यधिक तौल भएको पाइएकामा सन् २०२१ मा यो सङ्ख्या ४८ प्रतिशत पुगेको पाइएको छ।

उनका अनुसार अधिकांश श्रीलङ्कालीहरूमा यस्ता समस्याहरू बढ्दै गएको पाइएको छ।

फागुन १८, २०७९ बिहीबार २१:३८:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।