कर्णाली पनि राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लियो

कर्णाली पनि राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लियो


केन्द्रीय राजनीतिमा आएको अस्थिरताले जनताको अपेक्षाअनुसार काम गर्न नसक्ने र पार्टी केन्द्रको निर्णयलाई स्वीकार गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको शाहीले बताइन्।

कर्णालीमा एक सिट मात्रै रहेको राप्रपा सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री शर्माले पुनः विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको छ।

पछिल्लो सत्ता समीकरण अनुसार कर्णालीमा काङ्ग्रेससँग १४, माओवादीसँग १३ र समाजवादीसँग १ सिट छ। ४० सदस्यीय प्रदेशसभामा बहुमतका लागि २१ सिट आवश्यक पर्छ।

तर, वर्तमान अवस्थाको गठबन्धनमा मुख्यमन्त्री राजकुमार शर्मासँग २८ सिट छ। उनलाई एक स्वतन्त्र सांसदको समेत को समर्थन छ। केन्द्र सरकारबाट बाहिरिएको एमालेले अझै पनि प्रदेश सरकारबारे कुनै निर्णय नलिँदा कर्णाली सरकारबाट एमाले बाहिरिएको छैन।

फागुन १८, २०७९ बिहीबार १७:५०:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।