राप्रपाले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो

राप्रपाले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। कर्णाली प्रदेश प्रमुख तिलक परियारलाई आज लिखित पत्र बुझाउँदै मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्त्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको राप्रपाका प्रदेश सभा सदस्य सन्तोषी शाहीले बताइन्।

राप्रपाले केन्द्रले पठाएको निर्णयअनुसार प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको उनले बताइन्।

उनले भनिन्, “परिवर्तित राजनीतिक परिवेशमा राप्रपा सत्तामा रहिरहनु उपयुक्त नहुने केन्द्र पार्टीले निर्णय गरेको छ। त्यही निर्णय मुताविक राप्रपाले देशभरि प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन्छ।”

४० सदस्यीय कर्णाली प्रदेश सभामा राप्रपाको एक सिट मात्र छ।

फागुन १८, २०७९ बिहीबार १४:२७:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।