प्रचण्डमाथि ओलीको आरोप: शेयर कारोबारीले चन्दा नदिएपछि त्यसविरुद्ध बोले

प्रचण्डमाथि ओलीको आरोप: शेयर कारोबारीले चन्दा नदिएपछि त्यसविरुद्ध बोले

‘प्रचण्डले साम्राज्यवाद विकसित भएपछि शेयर बजारमा जान्छ भनेछन्, कुन शेयर कारोबारीले चन्दा दिएन अनि त्यसविरुद्ध बोले’, ओलीले भने।

ओलीले शेयरमा लगानी गर्ने जनताको जीवनमा पर्ने असरको मतलबै नगरी प्रचण्डले अभिव्यक्ति दिएको पनि बताए। यस्तै शेयर बजार ध्वस्त पारिदिने मनसायले प्रचण्डले सो अभिव्यक्ति दिएको पनि ओलीको आरोप थियो।

यस्तै ओलीले प्रचण्ड र ज्ञानेन्द्र शाहबीच पनि सहमति भएको र त्यसकैको परिणामस्वरूप माघ १९ को शाही कू भएको बताए।

‘प्रचण्ड र ज्ञानेन्द्रबीचमा सहमति भएर त्यो उपद्रो भएको थियो। के सहमति भएको थियो, कसका विरुद्ध भएको थियो ? त्यो प्रचण्ड र ज्ञानेन्द्रले भन्नुपर्यो नि’, ओलीले भने। 

२९ मंसिर, २०७८, १३:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।