वीरेन्द्र, जो देउताको आँखा खोल्छन्

असनको दगुबहाः मा रहेको बुद्धको मूर्तिलाई सिँगारेर बसिरहन्छन्, वीरेन्द्र चित्रकार। उनले यस विहारको सरसफाई र रङ्गरोगनको जिम्मा लिएको २० वर्षभन्दा बढी भइसक्यो।
विहारको संरचनामा केही कमजोरी देखियो कि उनको काम सुरु हुन्छ। तर, वीरेन्द्रको मूल पेशा भने होइन यो। थरजस्तै उनी पेशाले पनि चित्रकार नै हुन्। तर हिजोआज मूर्तिकारको रूपमा व्यस्त भइरहेका छन् उनी।
उनको पुर्ख्यौली काम पनि 'चित्रकारी' नै हो। नेवार समुदायका सांस्कृतिक काममा चाहिने सबैजसो चित्र उनले कोर्ने गरेका छन्।
'हाम्रो मुख्य काम भनेको देउताको आँखा खोल्ने हो। सबै काम सकिएपछि आँखा एउटा चाहिँ मूर्तिको भए पनि चित्रको भए पनि नखोली राखेको हुन्छ। अनि त्यसमा हामीले क्षमा पूजा गरेर आँखाको काम गर्छौँ', उनले सुनाए।
'जातिले पाएको काम हो यो। पहिला राणाहरूले चित्रकारलाई बोलाऊ भन्थे रे। अनि उनीहरूले जेजे भन्यो त्यही लेख्न जान्ने भएर चित्रकार भनेर जाति बनायो रे', उनले भने।
घरको मूल ढोकामा पञ्चबुटी, शिव लेआकृति,अनि कुरितो लगायतको सबै परम्परागत चित्रहरू उनी बनाउँछन्।
तर चित्रकारीले मात्र जीविका चलाउन नसक्ने भएकाले मूर्ति रङ्गाउन पनि जानेका छन् उनले। मूर्तिमा सुनको जलप पनि गर्छन्।
'हाम्रो मुख्य काम भनेको देउताको आँखा खोल्ने हो। सबै काम सकिएपछि आँखा एउटा चाहिँ मूर्तिको भए पनि चित्रको भए पनि नखोली
राखेको हुन्छ। अनि त्यसमा हामीले क्षमा पूजा गरेर आँखाको काम गर्छौँ', उनले सुनाए।
दिक्षा लिएकै कारण मन्दिरको कामहरूमा आफ्नो डिमाण्ड बढी भएको सुनाउँदै उनी भन्छन्, 'पशुपति, चाबहिल, स्वयम्भू सबैमा देउताहरूको काम गरिसकेँ।'
उनी पछिल्लो समय भने अर्डरअनुसार मात्र मूर्तिको काम गर्छन्। त्यसबाहेक मूर्ति रङ्गाउनु र सिँगार्नु नै उनको प्रमुख काम हो।
देउताको काम गर्न दिक्षा नै लिए
'देउताको मूर्तिकला अनि त्यसलाई सिँगार्ने काम बिजनेसकै रूपमा गरिरहेका छौँ। पहिला मन्दिरभित्र छिर्न गुर्जु(दिक्षा) लिनु पर्थ्यो। मैले लिएको छु। त्यै भएर धेरै मन्दिरमा सजिलै काम पाएँ।'
दिक्षा लिएकै कारण मन्दिरको कामहरूमा आफ्नो डिमाण्ड बढी भएको सुनाउँदै उनी भन्छन्, 'पशुपति, चाबहिल, स्वयम्भू सबैमा देउताहरूको काम गरिसकेँ।'
उनले चित्रकला र मूर्तिकलालाई व्यवसाय बनाउन थालेको ४५ वर्ष भयो। बहाः हरूमा चित्र बनाउन चाहिँ अहिले पनि चित्रकार नै खोजिन्छ।
'हामीभन्दा हाम्रो बाजे एकदम जान्ने। बाउले बाजेले जति जान्दैन। अनि म मेरो बाउले जति जान्दिनँ', उनले हास्दै सुनाए,'घरमा पनि अरू दाइभाइले गरेनन्। अब छोराहरूले झन् यो काम गरेकै छैन। अब यो लोप हुन लग्यो भनेर हामी विभिन्न कार्यक्रमहरू गर्न थालेका छौँ।'
दिक्षा लिएर पनि अन्य काम गरेको भएर मन्दिरमा फेरि काम गर्न जाँदा उनी क्षमा पूजा गरेर मात्र आफ्नो काम सुरु गर्छन्।
उनले जनबहाःमा पनि काम गरे। 'अरू ठाउँमा रङ्ग गर्ने काम बाँडियो। तर, देउताको काममा चाहिँ अझै पनि चित्रकार नै चाहिन्छ', उनले भने। त्यसभन्दा अघि भने घरमा आफ्नो बुवा र हजुरबुवाको काम हेरेर नै उनको बाल्यकाल बित्यो।
घरकै सदस्य पनि आकर्षित भएनन्
ठूलो परिवारमा जन्मिएका उनी माइलो छोरा हुन्। बाउबाजेपछि चित्रकार हुने परिवारका सदस्यमध्ये उनी एक जना मात्र हुन्।
उनको दाइभाइ र छोराहरूलाई समेत चित्रकारीले आकर्षित गर्न सकेन। 'हामीभन्दा हाम्रो बाजे एकदम जान्ने। बाउले बाजेले जति जान्दैन। अनि म मेरो बाउले जति जान्दिनँ', उनले हास्दै सुनाए,'घरमा पनि अरू दाइभाइले गरेनन्। अब छोराहरूले झन् यो काम गरेकै छैन। अब यो लोप हुन लग्यो भनेर हामी विभिन्न कार्यक्रमहरू गर्न थालेका छौँ।'
उनले जनै खटिराको लागि सिंह पनि लेख्ने गर्छन्। उनी भन्छन्, 'सिंह लेखेपछि चार दिनमा चट् हुन्छ। अहिले पनि टाढा टाढाबाट घरमै आउँछन्।'
आफ्नो घरमा हुने हरेक पूजाको लागि उनी आफैँ सबै देवताको चित्र बनाउने गर्छन्। 'अहिले धेरैले चित्रभन्दा फोटो प्रयोग गर्छन्। विहेमा पनि अहिले फ्लेक्सको प्रयोग भइरहेको छ। त्यो सस्तो पनि भयो नि त। हामीले एउटा राम्रो लेख्दियो भने त्यसको फोटो खिचेर अर्कोमा त्यो प्रयोग गर्ने रहेछ', निराश हुँदै उनले भने।
हातैले लेखेकोहरूलाई बढी मान्यता दिन विज्ञापन समेत बेला बेला दिने गरेको समेत उनी बताउँछन्।
वीरेन्द्रको आफ्नै पसल भने छैन। केही काम पर्यो भने फोनमार्फत सम्पर्क गरेर ग्राहकहरू उनको घरमै जान्छन्। अनि बाहिरको काम छ भने उनी सम्बन्धित ठाउँमै पुग्छन्।
उनले जनै खटिराको लागि सिंह पनि लेख्ने गर्छन्। उनी भन्छन्, 'सिंह लेखेपछि चार दिनमा चट् हुन्छ। अहिले पनि टाढा टाढाबाट घरमै आउँछन्।'
उनका अनुसार डाक्टरले औषधि खुवाउँदा समेत निको नभएको बिरामी उनले सिंह लेखेपछि भने तीन/चार दिनमा निको भएका छन् रे।
जनै खटिराको लागि सिंह लेख्न पनि उनलाई बुवाले नै सिकाएका हुन्। 'पहिला चार/पाँच वर्ष हुँदा त सिंह पेपरमा लेख्न सिकेको। पछि त्यहाँ रङ्ग भर्न सिकेँ अनि मान्छेको जिउमा लेख्न थालेको।'
बुवाले सानैमा सीप सिकाएकोमा उनी दङ्ग छन्। बुवासँग बस्दा परम्परागत कुरा त जाने नै त्यसबाहेक कलालाई नै व्यवसाय बनाउन पनि सिके उनले।
सानैदेखि रङ्गमा खेल्न थालेका उनी कलम समातेर बस्नै सकेनन्।
लकडाउनले काम ठ्याप्पै चलेन
मूर्तिको कामलाई ठूलो ठाउँ चाहिने भएकाले उनले कनिबहालमा २५ वर्ष डेरामा बसेर कामलाई निरन्तरता दिए। भूकम्पभन्दा केही अगाडि भने उनले आफ्नो घर पनि बनाए।
चित्रकारीकै लागि उनी हङ्कङ् पनि पुगे। आफ्नो कामबाट हुने आम्दानीले सन्तुष्ट भए पनि लकडाउनपछि भने सन्तुष्ट हुन नसकेको उनी बताउँछन्।
'फेस पेन्टिङ सिकाउने गर्छु। तर, आजकल सोखले मात्र सिक्न आउँछन्। त्यसरी आउँदा धेरै सिक्न पनि खोज्दैनन्। अलि अलि जान्यो, भयो भन्ने जस्तै छ।'
'परम्परागत काम त भई नै रहेको हुन्छ। तर, लकडाउनले गर्दा अर्को काम त ठ्याप्पै चल्न सकेन', उनले भने।
सोखले सिक्न आउने बढे
देउता सिँगार्न उनले 'एक्रेलिक' रङ्गको प्रयोग गर्छन्।
'पहिला त हामी आफैँले बनाएको रङ्ग प्रयोग गर्थ्यौँ। रङ्ग घोट्दा घोट्दा समय धेरै जान्थ्यो। अहिले त बजारमा तयार भएकै रङ्ग आउँछ नि। तर, आफैँले बनाएको रङ्ग एकदम पक्का हुन्थ्यो', उनले भने।
चित्रकार र चित्रकारी संरक्षणको लागि भनेर उनी पछिल्लो समय नेपाल हस्तकला महासङ्घसँग पनि आबद्ध छन्। सङ्घबाट हुने विभिन्न कार्यक्रममा उनी आफ्नो सहभागिता जनाउँछन्।
अनि कहिलेकाहीँ विभिन्न व्यक्तिहरूलाई सिकाउने पनि गर्छन्। 'फेस पेन्टिङ सिकाउने गर्छु। तर, आजकल सोखले मात्र सिक्न आउँछन्। त्यसरी आउँदा धेरै सिक्न पनि खोज्दैनन्। अलि अलि जान्यो, भयो भन्ने जस्तै छ।'
चित्रकार समुदायको लागि स्थानीय तहले केही संरक्षणको कार्यक्रमहरू सञ्चालन गरिदिए हुन्थ्यो भन्ने उनको इच्छा छ।
यद्यपि, सोखले नै भए पनि कोही त सिक्न आउन थाले भनेर उनी खुशी छन्।
नयाँ पुस्तालाई हस्तान्तरण गर्ने चाहना
वीरेन्द्र अहिले ६० वर्षका भए। शरीर कमजोर हुनुअघि नै आफ्नो जिम्मेवारी उनी हस्तान्तरण गर्न चाहन्छन्।
त्यसको लागि एउटा पसल राख्ने विचार भएको उनले सुनाए। उनी भन्छन्, 'पसल राख्यो भने लगानी गर्नुपर्ने हुन्छ। यसबाहेक हाम्रो अन्य स्रोत हुँदैन। त्यै भएर पसल राख्ने कि नराख्ने भनेर अझै पनि सोचमै छु ।'
चित्रकार समुदायको लागि स्थानीय तहले केही संरक्षणको कार्यक्रमहरू सञ्चालन गरिदिए हुन्थ्यो भन्ने उनको इच्छा छ।
छोराहरूलाई पनि यही काम गराउन खोजेका छन् उनले। तर, उनीहरू भने विदेश जान लागेका रहेछन्।
'सकेसम्म नयाँ पुस्तालाई दिएर जाउँ भन्ने हो। जसरी भए पनि नयाँ पुस्तालाई हस्तान्तरण गर्न लागिपरेका छौँ। त्यही भएर हस्तकला महासङ्घमा पनि गएको।'
फागुन ८, २०७९ सोमबार ०८:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।