पूर्व राजालाई ओलीको प्रश्न - ‘२४० वर्ष शासन गर्दा देश कहाँ पुर्याउनुभएको थियो?’
विराटनगर : एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व राजा ज्ञानेन्द्र शाह अलमलमा रहेकाले विभिन्न सयममा विभिन्न अभिव्यक्ति दिने गरेको बताएका छन्।
‘ज्ञानेन्द्रजी आफैं अलमलमा हुनुहुन्छ। अझै पनि उहाँलाई पुरानो झल्को आइराख्छ, त्यसैले दुईचारजना मानिस वरिपरि देख्यो भने त्यो झल्कोले जोस्याउँछ,’ आइतबार विराटनगरमा पत्रकारहरू कुरा गेर्दै ओलीले भने।
शाहले प्रजातन्त्र दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै मुलुकको अवस्था बिग्रिएको अभिव्यक्ति दिएका थिए। साथै दलहरूसँग सहकार्यको लागि प्रस्ताव पनि राखेका थिए।
यसको जवाफमा ओलीले भने, ‘१५ वर्ष अगाडिसम्म, २४० वर्षभन्दा बढी उहाँहरूले नै चलाएको होइन? के बनाउनुभएको थियो उहाँहरूले? कहाँ पुर्याउनुभएको थियो देश? १५ वर्ष न हो जनताले हातमा लिएको, २५० वर्ष त खाएको छैन नि।’
फागुन ७, २०७९ आइतबार १४:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।