भोलिदेखि काठमाडौंमा सार्वजनिक यातायात बन्द गर्ने मजदुर संघको घोषणा (विज्ञप्ति)

भोलिदेखि काठमाडौंमा सार्वजनिक यातायात  बन्द गर्ने मजदुर संघको घोषणा (विज्ञप्ति)

काठमाडौं : आन्दोलनमा उत्रिएका यातायात मजदुरहरूले मंगलबारदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात बन्द गर्ने घोषणा गरेका छन्।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघले संयुक्त रूपमा सार्वजनिक यातायात बन्दको आह्वान गरेको हो।

बालाजु क्षेत्र तनावग्रस्त, आन्दोलनकारीले जलाए प्रहरीको भ्यान

सरकारले आफूहरूसँग गरेको सहमति पालना नगरेको, ट्राफिक नियममा मनपरी गरेको र बालाजु–माछापोखरी–बाइपास सडकमा भएका सम्पूर्ण सवारी बसपार्कभित्र पार्क गर्नुपर्ने नियमविरुद्ध उनीहरू आन्दोलनमा उत्रिएका हुन्।

आन्दोलनरत व्यवसायी र मजदुरहरूले सोमबार काठमाडौंको माछापोखरीमा दुईवटा प्रहरीको भ्यानमा आगजनी गरेका थिए।

फागुन १, २०७९ सोमबार १८:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।