प्रधानमन्त्री प्रचण्ड : बोल्छन् एकाथरी, निर्णय गर्छन् अर्कै
काठमाडौं : सार्वजनिक विदा धेरै भएको भन्दै पुनरावलोकनको निर्देशन दिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन १ मा सार्वजनिक विदा दिने निर्णय गरेका छन्।
माओवादीले सशस्त्र द्वन्द्वको प्रारम्भ गरेको दिनलाई ‘जनयुद्ध दिवस’ का रूपमा मनाउन सरकारले केन्द्रीयस्तरबाटै सार्वजनिक विदा दिने निर्णय गरेको हो।
यस अगाडि प्रदेश तहमा बागमतीले सार्वजनिक विदाको निर्णय गरेको थियो। पार्टीगत दिवसलाई सरकारी दिवस बनाउन प्रदेश तहमा सार्वजनिक विदा दिएको भन्दै आलोचना बढेकोमा सरकारले कुनै प्रदेश तहमा हैन केन्द्रबाटै सार्वजनिक विदा दिने निर्णय गरेको हो।
माओवादीले फागुन १ लाई पार्टीगत रूपमा ‘जनयुद्ध दिवस’ को रूपमा मनाउँदै आएको थियो। सरकारले माओवादीको दिवसलाई राष्ट्रिय दिवस बनाउने प्रयास गरेको हो।
माघ २९, २०७९ आइतबार १८:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।