त्रिभुवन विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बित, थाई स्माइल एयरलाइन्ससँग घुस मागेको आरोप
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बित भएका छन्। विदेशी वायुसेवा कम्पनी, थाई स्माइल एयरलाइन्स घुस मागेको आरोपमा उनी निलम्बनमा परेका हुन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीका अनुसार थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको अडियो प्राप्त भएपछि छानबिनका लागि उनलाई निलम्बन गरिएको हो।
यस विषयमा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पत्राचार गरिने केसीले जनाएका छन्।
ठाकुर २०७६ फागुनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा नियुक्त भएका थिए।
माघ २७, २०७९ शुक्रबार १३:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।