एमालेको कार्यकर्ता राष्ट्रपति भए सम्माननीय कठपुतली राष्ट्रपति हुन्छ : गगन थापा

एमालेको कार्यकर्ता राष्ट्रपति भए सम्माननीय कठपुतली राष्ट्रपति हुन्छ : गगन थापा

काठमाडौं : कांग्रेस महामन्त्री गगन थापाले पुस १० गते एमालेले छट्टु काम गरेको बताएका छन्।

नयाँ प्रधानमन्त्री बनाउने क्रममा एमालेले पुस १० गते छट्टु काम गरेको बताएका हुन्।

उनले भने, ‘विहान ८ बजे फोन गरेर नेपाली कांग्रेसलाई ३ बजे हस्ताक्षर लिएर आउँछौं भन्ने अनि १ बजे माओवादी केन्द्रलाई कांग्रेसतिर जान लागेको तपाईं आउनुभयो भने जान्न भनेर छट्टु काम गर्यो।’

राष्ट्रपतिको निर्वाचनको सन्दर्भमा आफूहरूले उम्मेदवार उठाउने उनले बताए। हिजोको राष्ट्रपतिको भूमिकाका कारण एमालेले उठाएको राष्ट्रपति हराउन लाग्ने उनले बताए।

‘एमालेले आफ्नो कार्यकर्तालाई राष्ट्रपति बनायो भने सम्माननीय कठपुतली राष्ट्रपति हुन्छ,’ उनले भने, ‘यसले देशमा सिंहदरबार र शितल निवास दुईटा कार्यकारी अधिकारप्राप्त संस्था हुने देखिए।’

माघ २५, २०७९ बुधबार १३:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।