पाँच वर्ष कैदको माग गर्दै सरकारी वकिलको कार्यालयमा रवि लामिछानेविरुद्ध उजुरी (पत्रसहित)

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सरकारी वकिलको कार्यालयमा उजुरी परेको छ।
युवराज पौडेल (सफल)ले मंगलबार जिल्ला सरकारी वकिलको कार्यालयलाई पत्र लेख्दै लामिछानेले राहदानी ऐन, २०२४ को दफा ५ को खण्ड (ख) र हाल प्रचलित राहदानी ऐन, २०७६ को दफा २१ को खण्ड (क)ले निषेधित गरेको जानी जानी झुटो विवरण दिई राहदानी लिने प्रकृतिको कसूर गरेकाले निजलाई पाँच वर्षसम्मको कैद र हदैसम्मका जरिवानसमेत गर्ने गरी मुद्दा चलाउन माग गरेका छन्।
साथै गैर नेपाली नागरिक रही लामिछानेले प्राप्त गरेको ०८८...राहदानी, राहदानी ऐन बमोजिम रद्ध गर्न तथा नयाँ राहदानीसमेत जारी नगर्ने गरी कुसरको अनुसन्धान तथा कानून बमोजिम मुद्दा कारबाही चलाइ पाऊँ भनी माघ १७ गते जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा जाहेरी दर्ताको लागि पेश गरिएकोमा कार्यालयले उजुरी दर्ता गर्न नमानेकाले मुलकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ को दफा ५ बमोजिम उजुरी दर्ताका लागि आदेश दिन आग्रह गरेका छन्।
माघ २५, २०७९ बुधबार ११:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।