रविकाे सांसद् पद गएसँगै चितवन-२ मा उपनिर्वाचन हुने
काठमाडौं : सर्वोच्च अदालतको नेता रवि लामिछानेसँग भएको नागरिकता अवैध भएको ठहर गरेसँगै चितवन निर्वाचन क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुने भएको छ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा भएको सुनुवाइले उनको नागरिकता अवैध ठहर गरेसँगै चितवनमा पुनः निर्वाचन हुने भएको हो।
निर्वाचन आयोगले अब चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचन गर्नुपर्ने भएको छ। जसमा रविले पनि प्रक्रिया पुर्याएर नागरिकता लिएपछि उम्मेदवार बन्न पाउनेछन्। लामिछानेले प्रक्रिया पूरा गरेर नागरिकता लिएपछि नेपाली नागरिकको हकमा पाउने सुविधा पाउने अदालतले फैसला गरेको छ।
सर्वोच्च अदालतले लामिछानेले प्रक्रिया पूरा गरेर नागरिकता नलिएको ठहर गरेसँगै उनको पार्टी सभापति, सांसद् र मन्त्री पदबाट स्वतः हटेको छ। अधिवक्ताहरूले फैसलाको बारेमा जानकारी गराएपछि त्यसको विरोधमा सर्वोच्च अदालत अगाडि नारावाजी भएको छ।
उनका समर्थकले अदालतको फैसला अन्यानपूर्ण र न्याँ राजनीतिक व्यक्तित्वलाई दबाउने खालकोे भएको भन्दै ‘रवि लामिछाने जिन्दावाद’को नाराबाजी गरेका हुन्। प्रहरीले उनको समर्थनमा नाराबाी गर्ने मनोज सापकोटालाई पक्राउ गरेको छ।
माघ १३, २०७९ शुक्रबार १८:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।