सर्वोच्च अगाडि ‘रवि लामिछाने जिन्दावाद’को नारा, मनोज सापकोटा पक्राउ
काठमाडौं : नेता रवि लामिछानेको विपक्षमा सर्वोच्च अदालतको फैसला आएपछि सर्वोच्च अदालत अगाडि नारावाजी भएको छ।
उनका समर्थकले अदालतको फैसला अन्यानपूर्ण र न्याँ राजनीतिक व्यक्तित्वलाई दबाउने खालकोे भएको भन्दै ‘रवि लामिछाने जिन्दावाद’को नाराबाजी गरेका हुन्।
प्रहरीले उनको समर्थनमा नाराबाी गर्ने मनोज सापकोटालाई पक्राउ गरेको छ।
सर्वोच्चको संवैधानिक इजलासले लामिछानेले प्रक्रिया पूरा गरेर नागरिकता नलिएको ठहर गर्दै उनको पार्टी सभापति, सांसद् र मन्त्री पद स्वतः नरहने फैसला गरेको छ।
योसँगै चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुने भएको छ।
माघ १३, २०७९ शुक्रबार १८:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।