न्युजिल्याण्डविरुद्धको एकदिवसीय खेलमा रोहित शर्मा र शुभमन गिल शतक बनाउनेबित्तिकै आउट

न्युजिल्याण्डविरुद्धको एकदिवसीय खेलमा रोहित शर्मा र शुभमन गिल शतक बनाउनेबित्तिकै आउट

काठमाडौं : भारत र न्युजिल्याण्डबीचको इन्दोरमा भइरहेको तेस्रो एकदिवसीय खेलमा रोहित शर्मा र शुभमन गिलले शतक प्रहार गरेका छन्।

शुभमन गिल र रोहित शर्माले उत्कृष्ट सुरुवात गर्दै पहिलो विकेटका लागि २१२ रनको साझेदारी गरेका हुन्। तर दुवैले शतक प्रहार गर्नेबित्तिकै आउट भए।

रोहित शर्मा पहिले आउट भए। उनले ८५ बलमा ९ चौका र ६ छक्का प्रहार गर्दै १०१ रन बनाए।

त्यसलगत्तै शुभमन गिल पनि प्याभिलियन फर्किए। शुभमन गिलले ७८ बलमा १३ चौका र पाँच छक्काको मद्दतमा  ११२ रन जोडे।

यसअघि न्युजिल्याण्डले टस जितेर भारतलाई पहिले ब्याटिङको निम्तो दिएको थियो।

न्युजिल्याण्डविरुद्धको एक दिवसीय क्रिकेट सिरिज भारतले एक खेलअगावै जितिसकेको छ। यसअघि भएका दुई एकदिवसीय खेल भारतले जितेको थियो।

माघ १०, २०७९ मंगलबार १५:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।