परराष्ट्रमन्त्री पौडेललाई भारतीय र पाकिस्तानी समकक्षीको बधाई

परराष्ट्रमन्त्री पौडेललाई भारतीय र पाकिस्तानी समकक्षीको बधाई

काठमाडौं : भारतीय विदेशमन्त्री सुब्रमन्यम जयशंकर र पाकिस्तानी विदेशमन्त्री बिलवाल भुट्टो जर्दारीले नवनियुक्त परराष्ट्रमन्त्री डा. बिमला राई पौडेललाई बधाई दिएका छन्।

उनीहरू ट्वीटमार्फत मन्त्री पौडेललाई बधाई दिएका हुन्। जयशंकरले ट्विट गर्दै गर्दै भनेका छन्, ‘विदेशमन्त्री नियुक्त भएकोमा बधाई। सँगै मिलेर काम गर्न प्रतीक्षारत छु।’

त्यस्तै पाकिस्तानी विदेशमन्त्रीले पाकिस्तान र नेपालबीचको सम्बन्ध अझ सुदृढ गर्न पौडेलसँग मिलेर काम गर्न तयार रहेको बताएका छन्। 

डा. पौडेल मंगलबार मात्र परराष्ट्र मन्त्रीमा नियुक्त भएकी हुन्। शपथग्रहणपछि पदभार ग्रहण गर्ने क्रममा उनले सीमा विवादको विषयमा पूर्व मन्त्री र पदाधिकारीसँग छलफल गरेर अघि बढ्ने बताएकी थिइन्।

पूरा समाचार: नवनियुक्त परराष्ट्रमन्त्री भन्छिन्– ‘सीमा विवादको विषयमा यहि गर्छु भन्न सक्दिन’

माघ ४, २०७९ बुधबार १२:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।