उड्डयन प्राधिकरणले यतिका यात्रुका संवेदनशील जानकारी सञ्जालमा राख्यो

उड्डयन प्राधिकरणले यतिका यात्रुका संवेदनशील जानकारी सञ्जालमा राख्यो

काठमाडौँ : नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरामा दुर्घटनामा परेको विमानका यात्रुहरूको संवेदनशील व्यक्तिगत विवरणहरू सार्वजनिक गरेको छ।

प्राधिकरणले आफ्नो ट्विटर ह्यान्डलबाट यात्रुहरूको पासपोर्ट नम्बर, इमेल आइडी अनि मोबाइल नम्बर सहितको गोप्य राख्नुपर्ने विवरणहरू सार्वजनिक गरेको हो।

प्राधिकरणले १५ विदेशी नागरिक र ५३ नेपाली नागरिकको सबै विवरण सार्वजनिक गरिदिएको हो।

काठमाडौँबाट पोखराका लागि उडेको यति एयरलाइन्सको विमान सेती नदीको खोचमा खसेर दुर्घटनामा परेको थियो। विमानमा  चार चालक दलसहित ७२ जना सवार थिए। उद्धार कार्य जारी रहेको छ। ६६ जनाको शव फेला परिसकेको छ।

 

माघ १, २०७९ आइतबार १७:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।